बेलायतवासी नेपाली पनि सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा दौडिए

SHARE:

कास्की १८ फेब्रुअरी २०२३ । पोखरामा शनिबार आयोजना गरिएको १७औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा तमुधिं यूके, सहारा यूके सहभागी भएका छन् ।

म्याराथनमा तमुधिं यूकेका पूर्वअध्यक्ष मेजर डमर घले, मुछेत्र गुरुङ, आमा समूहका लक्ष्मी गुरुङ, यशोधा गुरुङ, मन्जु गुरुङ, पीपल ग्रुपका प्रबन्ध निर्देशक सूर्य गुरुङ, राम गुरुङ, बल थापा, महेश गुरुङ, भोज गुरुङ, नरजंग गुरुङ, नमरजंग गुरुङलगायत सहभागी भएका हुन् । अस्ट्रेलियाबाट चन्द्रप्रकाश गुरुङ, प्रेमकाजी गुरुङलगायत सहभागी भए ।

बेलायत, नेपालसहित केन्या, इथियोपिया, सर्विया, इजिप्ट, अमेरिका, स्वीजरल्याण्ड, अष्ट्रेलिया, रसिया, फिलिपिन्स, हङकङ, फ्रान्स, बेलायत, पोल्याण्डलगायतका देशबाट धावक भाग लिएका म्याराथन आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।

पोखरा रङ्गशालामा भएको सो म्याराथनलगायतका सबै विधामा गरी आठ हजार जनाले नाम दर्ता गराएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । शनिबारको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा च्याम्पियन केन्याका धावक स्टेफन कोसेई बनेका छन् । महिला हाफ म्याराथन विधामा नेपाल प्रहरीका राजपुरा पछाई च्याम्पियन बनेकी छन् ।

म्याराथन (४२.१९५) किमी दौडका विजेताले पाँच लाख, द्वितीयले तीन लाख र तृतीय हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । मञ्चले गण्डकी प्रदेशका धावकका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । गण्डकीबाट सहभागी हुने धावकलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ छ ।

महिलातर्फको हाफ म्याराथनमा च्याम्पियनलाई एक लाख ५० हजार, द्वितीयलाई एक लाख, तृतीय हुनेलाई ७५ हजार र सान्त्वना पुरस्कारस्वरुप १५ हजार रुपैयाँ प्रदान गरिएको छ । यसैगरी १० किलोमिटर महिला तथा पुरुष दौडका विजेतालाई प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः ३० हजार, २० हजार, १५ हजार तथा पाँच किलोमिटर छात्र/छात्रा दौडतर्फ विजेताले १५ हजार, द्वितीयले १० हजार र तृतीयले सात हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

ह्विलचेयर र दृष्टिविहिन महिला/पुरुष दौडतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!