विजय हितानको पर्या गीतको भिडियो सार्वजनिक

SHARE:

काठमाडौँ २८ मार्च २०२३ । वातावरणविद् तथा साहित्यकार विजय हितानले ‘अर्थ आवर’को अवसरमा पर्या गीत ‘बढाऔँ संरक्षणका हातहरु’गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

हितानले आफ्नै युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । हितानको यो दोस्रो पर्या गीतको म्युजिक भिडियो हो । उक्त पर्या गीतमा उदितनारायण झाको जस्तै स्वर भएका गायक भनेर जानिने नवराज थापाको स्वर छ भने राजकुमार बगरको सङ्गीत रहेको छ । म्युजिक भिडियोमा विश्वजीत थापाको निर्देशन रहेको छ । म्युजिक भिडियोमा हितान स्वयंले मुख्यपात्रको भूमिका निभाएका छन् भने गणेश पुन, तोरन पुन र आभा पुन खलपात्रको रुपमा प्रस्तुत भएका छन् ।

गत वर्ष उनको ‘शिशिर खेल्छ लुकामारी’ म्युजिक भिडियो सार्वजनिक भएको थियो । म्युजिक भिडियोबारे उनले भने,‘पछिल्लो समय मैले के महसुस गरेँ भने आम नेपालीसम्म पर्यावरणीय जनचेतना फैलाउन गीतसंगीतले पनि उत्तिकै प्रभावकारी भूमिका खेल्न सक्छ भन्ने लागेर मेरो आफ्नै शब्द/रचनामा यो म्युजिक भिडियो निर्माण गरेको हुँ ।’

अर्थ आवर अन्तर्राष्ट्रिय स्तरको एक वातावरण संरक्षण अभियान हो । प्रत्येक वर्ष मार्च महिनाको अन्तिम शनिबार बेलुका १ घण्टा बिजुलीबत्ती निभाएर यो दिवस मनाइन्छ । यो अभियानमा उनी सन् २००९ देखि निरन्तररुपमा सक्रिय र आबद्ध छन् । उनले नेपाली साहित्यको माध्यमबाट वातावरण संरक्षणका निम्ति जनचेतना फैलाउँदै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!