बेजिङ्स्टोक युथ नेप्लिज क्लबले उचाल्यो १०औं पाँचथर कप

SHARE:


नगेन्द्रराज नेम्बाङ

लन्डन, फेल्थाम २९ अप्रिल २०२३ । पाँचथर समाज सेवा युकेद्वारा आयोजित १०औं पाँचथर कप बेजिङ्स्टोक युथ नेप्लिज क्लब (BYNC)ले जितेको छ ।

शनिबार फेल्थाम लन्डनमा भएको प्रतियोगिताको फाइनल खेलमा लालीगुराँस टिमलाई २-0 गोल गर्दै बिवाईएनसीले उपाधि उचालेको हो । मेन टिममा बिवाईएनसीबाट सुशान्त मगरले अत्यधिक स्कोर बनाए भने सोही टीमबाट सन्जोग लिम्बू उत्कष्ट खेलाडी छानिए । विजयी टिमलाई पाँचथर कप, एक हजार पाउन्ड नगद र इन्डिभिजल ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगितामा तीनवटा समूहलाई खेलाइएको थियो । मेन टिम, भेटेरेन र सुपर भेटेरेन टिम । सुपर भेटेरेन समूहमा रनरअप इलाम एफसी भए भने पोखरा युनाइटेड एफसि विजय भए । टप स्कोरर इलाम एफसीका धन राई भए भने उत्कृष्ट खेलाडी इलाम एफसीकै लोक लिम्बू बने ।

भेटेरेन समूहमा उपविजेता इलाम एफसी भए भने ब्रिगेड ब्वाइज क्लब ( BBC)ले विजय हासिल गर्‍यो । टप स्कोरर फिलिम डेभिज बीबीसीबाट भएको थियो भने उत्कृष्ट खेलाडी इलाम एफसीबाट तारा गुरुङ छानिए । प्रतियोगितामा जम्मा २९ टिमले भाग लिएका थिए ।

प्रतियोगिताको मध्यान्तरमा प्रमुख अथिति लन्डन बोरो अफ काउन्सिल हन्स्लोका काउन्सिलर बिष्णुबहादुर गुरुङ र अध्यक्ष कैलाश काम्बाङ्ले संयुक्त रुपमा दिप प्रजलन गरी प्रतियोगिता उद्घाटन गरेका थिए । साथै पाँचथर कप सञ्चालन भएको १० वर्ष पूरा भएको उपलक्ष्यमा केक काटेर वार्षिकोत्सव मनाइएको थियो ।

प्रमुख अथिति गुरुङले बिजय टिमहरुलाई बधाई दिँदै पाँचथर समाज सेवा यूकेले आयोजना गर्दै आएको पाँचथर कप फुटबल प्रतियोगिता सफलतापूर्वक दसौं वर्षमा प्रवेश भएकोमा पाँचथर समाज सेवा यूकेलाई पनि बधाइ ज्ञापन गरेका थिए । प्रतियोगिता संयोजक खगेन्द्र लावती र संस्था अध्यक्ष कैलाश काम्बाङ्गले उपस्थित सम्पूर्ण खेलाडी, दर्शक, प्रतियोगिता सञ्चालनमा खटिएका कार्यसमिति, अफिसियल पुरस्कार प्रायोजकलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।

कैलाश काम्बाङ्गको अध्यक्षतामा सम्पन्न फुटबल प्रतियोगितामा अन्य अथितिहरु, किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष नरबिर आङ्बो र महासचिव जुरेन्द्र खजुम लिम्बू, धरान समाज यूकेका सल्लाहकार अमर गुरुङ, सहारा यूकेका अध्यक्ष रिटायर्ड लेफ्टिनेन्ट कुसाङ गुरुङ, कियाचु यूकेका सल्लाहकार यामबहादुर आङ्बोहाङ, समाजसेवी नरकुमारी लिम्बु , माङ्गेना चुम्लुङका अध्यक्ष कल्पना आङ्बुहाङ, संस्थापक अध्यक्ष कमला लिम्बू, किरात याक्थुङ चुम्लुङ यूकेका कोषाध्यक्ष दिपेन्द्र याक्सोको उपस्थिति थियो ।

औपचारिक कार्यक्रम महासचिव प्रेम धालव सुहाङ्गले सञ्चालन गरेका थिए भने प्रतियोगिता समाजसेवी भगिरथ जबेगु, गेहेन्द्र थाम्सुहाङ, सहकोषाध्यक्ष बिष्णु सिरेङले सञ्चालन गरेका थिए ।

ट्रफी प्रायोजकहरु संस्थाका महासचिव प्रेमधालव सुहाङ, सल्लाहकार सुवर्ण नेम्वाङ, सल्लाहकार कृष्ण हेम्ब्या, यदुचन्द्र लावती, सल्लाहकार रकम सिङ पेघा, पूर्वअध्यक्ष धनकुमार काम्बाङ, नर माखिम, रामराज काम्बाङ, समाजसेवी सूर्य नेम्बाङ, सल्लाहकार चन्द्र सुन्दास, महेश्वरी नेम्बाङ, हर्बिन्दर सिङ काउर, सल्लाहकार सूर्य गुरुङ, बिना येकतेन थिए ।

नगद प्रायोजकहरु हेमकुमार तुम्बापो, वरिष्ठ उपाध्यक्ष शान्ति लिम्बु, उपाध्यक्ष छवि सेलिङ, समसोगेन नेम्बाङ, हाङ्पाल माखिम, कृष्ण लिङ्देन, एभरेस्ट टाइम्सका प्रबन्धक निर्देशक नगेन्द्रराज नेम्बाङ, नर थाम्सुहाङ (ब), चन्द्रप्रसाद लावती, लाल आङ्देम्बे र सूर्य केरुङ, नरेन्द्र राज काम्बाङ, रुद्र चेम्जोङ, परशुराम वनेम फागो, बद्री योङ्या साथै कार्यक्रममा उपस्थित अथितिहरु कमला लिम्बु, नरकुमारी लिम्बू, जुरेन्द्र खजुम यामबहादुर आङ्बोहाङले नगद प्रायोजन गरेका थिए । सबै प्रायोजकहरुले प्रायोजन गरेको ट्रफी आफ्नै हातबाट खेलाडीहरुलाई प्रदान गरेका थिए भने मेन टिमका टप स्कोररको पुरस्कार संस्थापक महासचिव स्वर्गीय प्रेमप्रकाश नेम्बाङ्गको स्मृतिमा खेल संयोजक खगेन्द्र लावतीले प्रदान गरेका थिए ।

कार्यक्रममा अथितिहरुलाई होस्ट गर्न महिला दिदीबहिनीहरु मनु काम्बाङ, सरला काम्बाङ, वरिष्ठ उपाध्यक्ष शान्ति लिम्बु र नन्दा सुन्दास खटिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!