बेलायत आइपुगे पोखरा-११ का खेलाडी

SHARE:

लन्डन २४ मे २०२३ । आउँदो आइतबार मे २८ तारिखमा तमुधिं यूकेले आयोजना गर्ने २१ औं गोर्खाकप भेट्रान फुटबल प्रतियोगितामा भाग लिन पोखरा-११का खेलाडी लन्डन आइपुगेका छन् ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जित, टिम कोअर्डिनेटर ईश्वर गुरुङसहित १३ खेलाडी मंगलबार मध्यराति हिथ्रो विमानस्थलमा ओर्लिएका हुन् । पोखरा ११ टिममा बगर भाईखलकका सल्लाहकार अबतार गुरुङ, कार्यसमिति सदस्यद्वय ईस्वर (चन्द्र) गुरुङ, अमित (जोन) गुरुङ, खेलाडीहरु कुमार गुरुङ, राजु हमाल, राजेन्द्र तामाङ र संस्थाका शुभचिन्तकहरु, कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जित, उपाध्यक्ष नरेन्द्र जङ्ग (मुखिया) गुरुङ, जमान सिंह दुरा, अभिषेक पिया, बिजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेकबहादुर गुरुङ र सचिन श्रेष्ठ रहेका छन् ।

टोलीलाई स्वागत गर्न तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष कमल गुरुङ, उपाध्यक्ष कृष्ण गुरुङ, सहारा यूकेका अध्यक्ष लेरि कुसाङ गुरुङ, बगर भाइखलकका अध्यक्ष दिलरास गुरुङ, तमुधिं यूकेका निवर्तमान अध्यक्ष हित काजी गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र सूर्य गुरुङ, सहारा यूकेका निवर्तमान अध्यक्ष कुमार गुरुङलगायत हिथ्रो विमानस्थल पुगेका थिए ।

गोर्खाकप यही मे २८ मा क्युइन्स ऐभ्न्यू फुटबल ग्राउन्डमा हुनेछ । यस पटक फुटबलमा टोटल ४४ वटा टिमले भाग लिने छन् । मुख्य टिममा ३२ टिम, भेट्रेनबाट १० टिम र लेडिजका २ टिम हुने आयोजक तमुधिं यूकेले जनाएको छ ।

पहिलो पुरस्कार नेपाल भिलेज टिमबाट २ हजार ५ सय पाउन्ड, दोस्रो श्री लक्की ज्वेलर्स, अल्डरसटबाट १ हजार ५ सय पाउन्ड, भेट्रेनको पहिलो पुरस्कार हेम्पसायर एकान्टेन्ट लिमिटेडबाट १ हजार २ सय पाउन्ड, दोस्रो मान ट्राभलबाट ८ सय पाउन्ड, लेडिज प्रथमलाई आइएमई नेपालबाट ५ सय पाउन्ड, लेडिज दोस्रोलाई ३ सय पाउन्ड किङ्ग्स गेट मोर्गेजेजबाट र घले मोगेजेजबाट १ हजार ६ सय पाउन्ड स्पोन्सर गरिने जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!