आज बेलायतमा २१औं गोर्खाकप, ४४ वटा टिम मैदानमा उत्रिने

SHARE:

मिचेट २८ मे २०२३ । तमुधिँ युकेको आयोजनामा आज बेलायतमा २८ मे आइतबार २१औं गोर्खाकप हुँदैछ ।

क्युइन्स ऐभ्न्यू फुटबल ग्राउन्डमा बिहान ९:३० बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । गोर्खा कपको तयारी पूरा भएको र केही नयाँपन थपिने भन्दै सबै जनालाई उपस्थितिका लागि अध्यक्ष हरि गुरुङले अपिल गरेका छन् । यस पटक फुटबलमा टोटल ४४ वटा टिमले भाग लिने छन् । मुख्य टिममा ३२ टिम, भेट्रेनबाट १० टिम र लेडिजका २ टिम हुने जनाएको छ । पहिलो पटक नेपालबाट “पोखरा ११”का खेलाडीहरु सहभागी हुँदैछन् ।

स्पोर्टस् सेक्रेटरी तथा २१औं गोर्खा कप संयोजक क्या. दिपक घलेका अनुसार पहिलो पुरस्कार नेपाल भिलेज टिमबाट २ हजार ५ सय पाउन्ड, दोस्रो श्री लक्की ज्वेलर्स, अल्डरसटबाट १ हजार ५ सय पाउन्ड, भेट्रेनको पहिलो पुरस्कार हेम्पसायर एकान्टेन्ट लिमिटेडबाट १ हजार २ सय पाउन्ड, दोस्रो मान ट्राभलबाट ८ सय पाउन्ड, लेडिज प्रथमलाई आइएमई नेपालबाट ५ सय पाउन्ड, लेडिज दोस्रोलाई ३ सय पाउन्ड किङ्ग्स गेट मोर्गेजेजबाट र घले मोगेजेजबाट १ हजार ६ सय पाउन्ड स्पोन्सर गरिएको छ । फुटबलबाहेक सांस्कृतिक नृत्य, कला र शिल्पका स्टल, कपडा दोकान, खाना र रेस्टुरेन्ट, व्यापारिक स्टलहरु, परोपकारी स्टलहरु, प्यारासुट डिस्प्ले हुनेछन् । ८३ वटा स्टल हुने आयोजकले जनाएको छ । जसमध्ये १४ वटा खानाको मात्रै स्टलहरु हुनेछन् ।

छेलो प्रतियोगिता पनि राखिएको घलेले बताए । छेलोको प्रथम पुरस्कार ४ सय पाउन्ड सेवा मोर्गेजेजले उपलब्ध गर्ने जनाइएको छ । सांस्कृतिक नाचका लागि एभरेस्ट क्यास एन्ड क्यारीले ५ सय पाउन्ड प्रायोजन गर्ने जनायो । पोटलु अभियानबाट १३० जना तमुधिं सदस्यहरुले ५० पाउन्डको दरमा सहयोग गर्ने कोषाध्यक्ष दुर्गा गुरुङले बताए । ४२ हजार पाउन्ड खर्च लाग्ने र ५४ हजार आम्दानी हुने अनुमान गरिएको छ ।

यसपटक गोर्खा कपको भिभिआइपीहरुमा ग्रीस र डेनमार्कका राजकुमार फिलिपोस र राजकुमारी नीना सहभागी हुने जनाएको छ। महानायक राजेश हमाल, गायक धिरज राईको पनि उपस्थिति रहनेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!