लण्डन २५ जुन २०२३ ।

नेपाली मुलका किवन राई इङ्लिस फुटबल लिग ईएफएल क्लबमा आबद्ध भएका छन् ।
क्लबमा व्यावसायिक सम्झौता गर्ने राई पहिलो नेपाली मूलका खेलाडी हुन् । आक्रामक मिडफिल्डर १८ वर्षीय राईले वेल्सको ईएफएल क्लब न्युपोर्ट कन्ट्री एएफसीसँग व्यावसायिक सम्झौता गरेका हुन् ।
उनी न्युपोर्टको युथ एकेडेमीबाट सिनियर टोलीमा पर्न सफल भएका हुन् । गत मार्चमा सिनियर टोलीमो डेब्यु गरेका उनले न्युपोर्टका लागि यसअघि चार खेल खेलिसकेका थिए । नेपाली बाबुआमाबाट वेल्समा जन्मिएका राई २ वर्षअघि न्युपोर्ट एकेडेमी भर्ना भएका थिए ।
क्लब म्यानेजर ग्राहम कौलिनले किवन राई क्लबको भरोसा रहेको बताएका छन् ।






