बिजिडब्लुएसको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

SHARE:

बिजिडब्लुएसको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

बेलायत । गत सनिवारबेलायतको फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा ब्रिटिस गोरखा वेलफेयर सोसाईटी (बिजिडब्लुएस) को वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

सन् २००३ मा स्थापित बिजिडब्लुएसले वार्षिक भेटघाट कार्यक्रम संचालन गर्दै आइरहेको छ । कार्यक्रममा बुद्धिजीवी, अनुभवी तथा संस्थाका अध्यक्ष मे. रि. टिकेन्द्र दल देवान जेपीले ब्रिटिस गोर्खाहरुबारे नेपाल र ब्रिटिस सरकारबीच भैरहेको छलफलबारे जानकारी गराएका थिए । नेपाल सरकारले बलियो अडान लिनुपर्दछ । भूपू ब्रिटिस गोर्खाहरु बुँदागत छलफलका लागि योग्य व्यक्तिलाई सधै मिटिङमा सम्मिलित गर्नुपर्दछ । विषयगत प्रस्तुतिमा कमजोरी देखाउनु हुँदैन । गोर्खाहरुको तर्फबाट गृहकार्य दह्रो हुन जरुरी छ । तीन जना साहशी योद्धाहरुको त्यागले खुलेको वार्ताको ढोका हरतरहबाट सफल बनाउन भूपू एकता अपरिहार्य छ,’ उनको भनाइ थियो ।

गैर आवासीय नेपाली संघ र वंशज नागरिकताबारे पनि उनले बोलेका थिए । ‘अति नै संवेदनशील विषय भएकाले सबैले बुझ्न जरुरी छ,’ भने । गोरखा भवनको अन्तरिक नवीकरण हुँदैछ। नवीकरणको कार्य समाप्त भएपछी छिट्टै नै प्रोपर्टी डाइरेक्टरहरुले कसरी चलाउने निधो गर्नेछन् । बिजिडब्लुएस सदस्य तथा एनआरएनए युकेका भूपू उपाध्यक्ष राष्ट्र राईले जीटुजी वार्ताका बारे र एनआरएनबारे आफ्नो अनुभव कडारुपमा प्रस्तुत गरेका थिए ।

उक्त भेटघाट कार्यक्रममा संस्थाका सदस्यहरु थर्क सेन र ले.रि. चन्द्रबहादुर गुरुङले एनआरएनमा भैरहेको गतिविधिको जानकारी दिदै दुवैले सदस्यले अन्तराष्ट्रिय समन्नय परिषदमा उम्मेदवारी दिने जानकारी दिएका छन ।

संस्थाका महासचिब क्षत्र राइको संयोजकमा संचालित कार्यक्रममा रमेश तामाङ र तारा चन्द्र थापाले तम्बोला खेलाएका थिए । हेम प्रकाश रानाले पीए सिस्टम मिलाएका थिए । सक्रिय महिलाहरु क्षत्र ज्योति, रोजी, पुनम र तृष्णाले राफल र तम्बोलाका टिकट बेचेका थिए ।

संस्थाका सदस्यहरुले अन्य संघसंस्थामा विशेष पदग्रहण र उल्लेखनीय काम गरेको मध्ये यसपटक अध्यक्ष पदमा निर्वाचित भएका तमुधिं यूकेका हरि गुरुङ र चार भङ्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का ले. रि. चन्द्रबहादुर गुरूङलाई अध्यक्ष देवानले खादा लगाएर बधाई गरेका थिए ।
ब्रुनाईबाट बेलायत भ्रमणमा आएका मिस “हो” लाई खादा लगाएर स्वागत गरेका थिए । उनी लामो समय ब्रुनाई ग्यारिजनस्थित अडर्लीरुममा गोर्खाहरुलाई सहयोग गरेका थिए ।

संस्थाका अध्यक्ष मेजर टिकेन्द्र दल देवानले अध्यक्षता गरेको बार्षिक भेटघाट कार्यक्रमलाई महासचिव क्षत्र राई र पीआर प्रकाश गुरुङले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!