
बेलायत। गत सनिवार मोना युकेद्वारा संचालित पाँचौं भलिबल प्रतियोगिता बेलायतको अल्डर्सर्टमा सम्पन्न भएको छ।
मोना युके पाँचौं भलिबल प्रतियोगिताको पुरुष मेन टिमतर्फको प्रथम पुरुष्कार अल्डरर्ट भलिबल कलबले हात पर्न सफल भएको छ भने दोस्रो पुरुष्कार केन्ट भलिबल कलबले हात पार्न सफल भएको छ मेन टिममा जम्मा १४ टिमले भाग लिएका थिए भने मेन टिमतर्फ उत्कृष्ट खेलाडी अल्डर्सर्ट भलिबल कलबका बिशा थापा घोषित भएका छन।
त्यस्तै पुरुष भेटेरन तर्फको प्रथम पुरुष्कार छन्त्याल संघ युकेले हात पार्न सफल भएका छन भने दोस्रो पुरुष्कार मोना युकेले हात पार्न सफल भएको छ। bheTran टिमको लागि पुरुष्कार WorldRemit का डाइरेक्टर दिलरास गुरुङ र कमल गुरुङले £१००० नगद प्रायोजक गरेका थिए। भेट्रन टिममा जम्मा ८ टिमले भाग लिएका थिए भने भेट्रन टिमतर्फ उत्कृष्ट खेलाडी छन्त्याल संघ युकेका छौमान बराल घोषित भएका छन।
महिला भलिबल प्रतियोगितामा महिला टिम सालिजा भिडिसी प्रथम भएका छन भने महिला टिम मोना युके दोस्रो भएका छन। महिला भलिबलका प्रथम पुरुष्कारको लागि YBC Cleanig limited का डाइरेक्टरहरु योगेन र रिता क्षेत्रीले £११०० नगद प्रायोजक गरेका थिए भने दोस्रो पुरुष्कारको लागि Water Melon Mortgage का डाइरेक्टर किरण गुरुंगले £६०० नगद प्रायोजक गरेका थिए। महिला टिममा जामा ८ टिमले भाग लिएका थिए भने महिला टिमतर्फ उत्कृष्ट खेलाडी सालिजा भिडिसीका चानु पुन घोषित भएका छन।
छेलो प्रतियोगितामा बसन्त आले बिजयी बनेका छन। छेलो प्रतियोगिताको लागि कुसुमुसु सुसी एण्ड बारका डाइरेक्टर अजय थापाले £१५० नगद प्रायोजक गरेका थिए ।
भलिबल प्रतियोगितालाई तिर्थ बहादुर मल्ल (अनिल) र तारा गर्बुजाले संचालन गरेका थिए भने सांस्कृति सचिब नुनु पाइजा र सचिब मन्दिप जुग्जलीले पाहुनाहरु र प्रायोजकहरुलाई सत्कार गरेका थिए।
मेन टिमको पुरुष्कार मोना युकेका पुर्ब उपाध्यक्ष होम रोकामगरले वितरण गरेका थिए। त्यस्तै भने भेटेरन तर्फको पुरुष्कार संस्थाका बरिष्ठ उपाध्यक्ष तथा मोना युके पाँचौं भलिबल प्रतियोगिता संयोजक लाल पुनले वितरण गरेका थिए भने महिला टिमको पुरुष्कार उपाध्यक्ष पदम सुन्दर गर्बुजाले बितरण गरेका थिए। पुरुष्कार बितरण कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्षहरु ले. रेशम शेरचन, दल जुग्जाली र सल्लाहकार बेल बुराथोकीले नगद पुरुष्कार र प्रमाणपत्र बितरण गरेका थिए।
मोना युकेका बरिष्ठ उपाध्यक्ष लाल पुनको अध्यक्षतामा संचालित पाँचौं भलिबल प्रतियोगिताको प्रमुख अतिथि एनआरएन युकेका अध्यक्ष प्रेम गाह थिए भने बिशेष अतिथिहरुमा काउन्सिलर नेम थापा, नेपाल भलिबल टिमका टिम क्याटेन अरुणा शाही, म्याग्दी भलिबल संघका अध्यक्ष तेजिन्द्र बानिया थिए। पाँचौं भलिबल प्रतियोगिताको औपचारिक कार्यक्रमलाई संस्थाका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम प्रमुख संयोजक लाल पुनले स्वागत मन्तब्य दिएका थिए भने महासचिब बिष्णु भण्डारीले संचालन गरेका थिए।






















