भिसा नलिइ नेपाल गएका नेपालीमूलका तीन बेलायती पक्राउ

SHARE:

काठमाडौं १३ जुलाई २०२३ ।

भिसा नलिइ नेपाल गएका नेपालीमूलका तीनजना बेलायती नेपालमा समातिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले आज लण्डन फर्किन लागेका उनीहरुको राहदानी जाँच गर्दा भिसा नलगाई नेपाल छिरेको पत्ता लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । बेलायत र नेपाल दुवै मुलुकको राहदानी बोकेका नेपाली मूलका तीन बेलायती कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ मा दोहा हुँदै लण्डन फर्किंदै थिए ।

तर, काठमाडौँ छिर्दा नेपाली राहदानी देखाएका उनीहरुले बेलायत फिर्ता हुनेबेला यहींको पासपोर्ट प्रस्तुत गरेपछि यथार्थ बाहिर आएको हो । उनीहरुले बेलायती राहदानीमा नेपाल प्रवेशका लागि भिसा लिएको नदेखिएको अध्यागमन इकाई कार्यालय गौचरले जनाएको छ । बिना भिसा नेपाल प्रवेश गर्नु गैरकानुनी कार्य भएकाले अध्यागमनको टोलीले आवश्यक कारबाहीका लागि कालिकास्थानस्थित विभागमा बुझाउने गरि साँझ साढे ६ बजे विमानस्थल सुरक्षा गार्डलाई जिम्मा लगाएको छ ।

पक्राउ परेकामा नेपाली राहदानी नम्बर ०८०६५५६२ की मैना गुरुङ, ०८७३२१९७ राहदानी भएका सन्दिप गुरुङ र ०८०६५५०३ राहदानी नम्बरका सिमरन गुरुङ छन् । उनीहरुको बेलायती पासपोर्ट क्रमशः १३१६७१३१३, १३८९४७९४६ र ५५४६१५२४४ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!