लिम्बुवान किरात संयुक्त संघर्ष समितिका संयोजक येक्तेनलाई बेलायतमा भब्य स्वागत

SHARE:


लन्डन १७ जुलाई २०२३ । किरात याक्थुङ चुम्लुङ नेपालका केन्द्रीय अध्यक्ष एवं लिम्बुवान किरात संयुक्त संघर्ष समितिका संयोजक प्रेम येक्तेनलाई बेलायतमा भव्य स्वागत तथा सम्मान गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ युकेको आयोजनामा हुने सिसेक्पा तङ्नाम २०२३ को प्रमुख अतिथिको रुपमा नेपालबाट बेलायत आएका येक्तेनको सम्मान कार्यक्रममा वेस्ट लन्डनस्थित विभिन्न संघसंस्थामा आबद्ध र कोशी प्रदेश नामांकन खारेजी साथै १ नम्बर प्रदेशलाई ऐतिहासिक, सांस्कृतिक अस्तित्व झल्कने र पहिचानको आधारमा पुनः नामांकन हुनुपर्छ भन्ने दृढ इच्छा भएका व्यक्तिहरु र तत्कालीन संलिसा मञ्च र संलोसा मञ्च यूकेका विभिन्न पद तहमा रहेका सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रममा षड्यन्त्रमूलक नामांकन गरिएको कोशीकोबारे अन्तर्क्रिया पनि समावेश भएको थियो । यस कार्यक्रमका अध्यक्ष येक्तेनले कोशी खारेजी आन्दोलन कुनै एक ब्यक्ति, एक राजनीतिक पार्टी र एक सामाजिक संस्थाको नभएर यो पहिचान सहितको प्रदेश पुनस् नामांकनको पक्षमा रहने सम्पूर्णको साझा आन्दोलन भएको बताए ।

उनले भने कुनै एक ब्यक्ति, एक पार्टी र एक संस्थाको स्वार्थ पुरा गर्नको निम्ति यो आन्दोलनमा कोशी नामाङ्कन बिरुद्धमा आन्दोलित व्यक्ति, पार्टी र संस्थाहरुलाइ बाहिर पारिने छैन, उनीहरुलाई नितान्त समावेश गरिनेछ । यसको अतिरिक्त, यो आन्दोलनको मर्म र उद्देश्य भनेको सामूहिक सहभागिता, सामुदायिक निर्णय, सामूहिक श्रेय र सामूहिक दोष लिनुपर्ने मूल नीचि भएको र कसैलाई काखा र कसैलाई पाखा नराखिने स्पष्ट पारे ।

अहिलेको १ नम्बर प्रदेशको अवस्था भनेको कोशी प्रदेश नामांकन खारेजीको आन्दोलनबाट कोशी प्रदेश नामांकनको पक्षधरहरु बिरुद्द लड्नबाट स्वदेशविदेश जहि रहेता पनि यो जीवनमरणको आन्दोलन भएकोले यसबाट भाग्न नपाइने र हाम्रो लक्ष प्राप्त नभए सम्म एकजुट भएर लडिरहनुको विकल्प नभएको बताए ।

अन्त्यमा उनले भने हरेक प्रवासमा रहने लिम्बुवानी जनताहरुको यस आन्दोलन प्रति रहने भूमिका विशिष्ट हुनेछ र हरेक प्रवासमा लिम्बुवान किरात संयुक्त संघर्ष समिति गठन गर्न अत्यावश्यक रहेको र गठन गर्नको निमित आह्वान पनि गरे ।

तत्कालीन संलिसा मञ्च यूके समितिको अध्यक्ष टंक खापुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव राम इजमले गरेका थिए । सचिवालय सदस्य राम पोमुको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रीय मञ्च नेपालको तत्कालीन संस्थापक अर्थसचिव चुडामनी तुम्बाहाङ्फे, संलोसा मञ्च यूकेको तत्कालीन संस्थापक अध्यक्ष देबी तुम्बाहाङ्फे, सोहि समितिको उपाध्यक्ष खड्गजङ आङ्बुहाङ, गोर्खा नेप्लिजका अध्यक्ष पुर्ण फालेचुवा र अध्यक्ष टंक खापुङहरुले कोशी नामाङ्कन खारेजीको आन्दोलनलाइ चरम निष्कर्षमा पुर्यौन आम पहिचान पक्षधरहरुलाइ बिभेद नगरि समेट्दै सहभागी गराए मात्र लक्ष प्राप्ति हुने भन्दै आ(आफ्नो बिचार राखेका थिए ।

अन्त्यमा, कार्यक्रम अध्यक्ष टंक खापुङले छोटो समयमा आयोजना गरिएको कार्यक्रमलाइ सफल पार्न अमूल्य समय दिने सम्पूर्ण उपस्थितिलाइ र र प्रमुख अतिथि ज्यूलाइ धन्यबाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!