एनआरएनए आईसीसी सचिवमा उम्मेदवारी दिने तयारीमा जापानका टंकप्रसाद गैरेले

SHARE:


जापान १८ अगस्ट २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि वर्तमान एनआरएनए आइसिसि सहकोषाध्यक्ष टंकप्रसाद गैरेले केन्द्रीय सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहँदै आएका गैरे गैर आवासीय नेपाली संघ जापानको २०११ मा प्रवेश गर्दै आईसीसी सदस्य हुँदै अहिले केन्द्रको सहकोषाध्यक्षमा बसेर काम गरेको अनुभव छ भने लाईन्स क्लबको अध्यक्ष र अन्य विभिन्न संघसंस्थाको सल्लाहकारको भूमिकामा सामाजिक कार्य गर्दै आएका छन् त्यस्तै एनआरएनएको बिभिन्न टास्कफोर्समा बसेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन । बागलुङ गल्कोटमा जन्मेका गैरे विगत दुई दशक भन्दा बढी जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका छन् उनको जापानमा मिना ब्राण्डको अधा दर्जन भन्दा बढी होटल व्यवसायको साथै सिनर्जी पावरमा आबद्ध रहेका छन् । गैरे जापानमा रहेका नेपालीहरु माझ लोकप्रिय छन् ।

संस्थागत विकासका ,एनआरएनएमा सबैको अपनत्व बोधको लागि यस पटक आफू सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । उहाँले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा सचिव पदमा आफूले उम्मेदवारी दिन लागेको नयादैनिकीलाई जानकारी गराएका छन् त्यस्तै गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्ने पनि गैरेले बताएका छन् ।

एनआरएनए अभियानमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी सचिवमा उम्मेदवारी घोषणा गरेको बताए । एनआरएन अभियानमा उर्जाशील स्वभावका गैरे सफल व्यवसायी, समाजसेवी र एनआरएनए अभियानमा संभावना बोकेका नेताको रुपमा परिचित छन् ।

जापान तथा नेपालमा व्यवसाय गर्दै नेपालीहरुलाई रोजगारी सृजना गराएका उनले सामाजिक कार्यमा पनि अग्रस्थानमा रहेर कार्य गर्दै आएका छन ।

गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवको माध्यमबाट विश्वसामु उनको योजना छ । यस पटक मुख्यतः एनआरएनए संस्थागत सुशासन र पारदर्शीता , युवा , महिलाको सहभागिता , श्रमिकमैत्री , वंसजको नागरिकता, नागरिकताको निरन्तरता लगायतका मुख्य एजेन्डाहरुको कार्यान्वयन गर्ने , पर्यटन प्रर्वद्धन , विदेशमा गएका नेपालीहरुलाई मतदानको सुनिश्चितता , सुरक्षित र मर्यादित बैदेशिक रोजगारको व्यवस्था देखि विदेशको सीप , ज्ञान ,पूँजी नेपालमा सुरक्षित लगानीमैत्री वातावरण बनाउने लगायतका रहेका छन् । यद्यपि उनका प्रमुख केन्द्रीय एजेण्डा भने पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

हालसम्म आगामी नेतृत्वका लागी आरके शर्मा,महेश श्रेष्ठ ,बद्री केसी,केशव पौडेल , हेमराज शर्मा र रविना थापाले अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन , उपाध्यक्षमा गणेश केसी, युवा उपाध्यक्षमा रोशन केसी, अब्दुल बासिद छन् भने महासचिवमा गंगाधर गौतम , बुद्धि सागर सुवेदी , पारसमणि पोखरेल उम्मेदवारी घोषणा गरिसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!