राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग गाहामगरको भेट, वंशजकै नागरिकता मुख्य एजेन्डा

SHARE:

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग गाहामगरको भेट, वंशजकै नागरिकता मुख्य एजेन्डा

काठमाडौं । गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगरले नेपाल भ्रमणका क्रममा वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई चर्काएका छन् ।  

यसैक्रममा अध्यक्ष गाहामगरले बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई उनको सिंहदरबारस्थित कार्यकक्षमा ज्ञापन पत्र बुझाउँदै वंशजको आधारमा नेपाली नागरिकता पाएका गैर आवासीय नेपालीको नागरिकतालाई निरन्तरता दिन पहलको अपिल गरे । 

गाहामगरले वंशजका नेपाली नागरिकलाई सधैँका लागि नेपाली नै रहिरहन दिन नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन गर्न माग गरेका हुन्।

‘आर्थिक तथा अन्य कारणले देश छाडेका गैर अवासीय नेपालीहरू वंशज नागरिकका रूपमा विदेशीएका नेपाली भएकाले उनीहरूको नेपाली वंश, परम्परा, भेषभूषा, भाषा संस्कृति, समाज, नेपाल र नेपालीसँगको नाता चुँडाउने कार्य दीर्घकालिनरुपमा नेपाल र नेपालीको हितमा छैन’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा नागरिकता ऐन २०६३ को दफा १० को साविक व्यवस्थाले नेपालीको साविकमा रहेको नागरिकता खोसेर सधैँका लागि गैर नेपाली बन्न बाध्य बनाउने उल्लेख गर्दै उक्त व्यवस्था संशोधन गरी नेपाली नागरिकतालाई निरन्तरता दिन माग गरिएको छ ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० ‘नेपालको कुनै नागरिकले आफू खुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन’ भन्ने व्यवस्था गरेको छ ।

अध्यक्ष तिमिल्सिनाले ज्ञापन पत्र बुझ्दै नागरिकता ऐन संशोधन राजनैतिक दलहरूको सहमतिका आधारमा हुन सक्ने भएकाले त्यसका लागि पहल गर्ने र गैर आवासीय नेपालीहरूले पनि यसमा ससक्त रुपमा लाग्न सुझाव दिएका छन् ।

गाहामगरले यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई पनि भेटेर वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!