बेलायतवासी अधिकारीले गरे एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

SHARE:

लण्डन २४ अगस्ट २०२३ ।

गैर आवसीय नेपाली संघ एनआरएनए को आगामी कार्यकालका लागि विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

अधिकारी हाल एनआरएनको उपमहासचिव छन् । एनआरएनएको ११ औं विश्व सम्मेलन आगामी अक्टुबर १७ देखि २० सम्म आयोजना हुँदैछ । काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मलेनमा अधिकारीले उम्मेदवारी घोषणासँगै २७ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।

पछिल्लो समय एनआरएनभित्र देखिएको अनावश्यक राजनीति र विकृति हटाउन आफूले उम्मेवारी दिन लागेको अधिकारीको भनाइ छ । उनले राष्ट्रिय योजना आयोगसँगको समन्वयमा आवश्यकताअनुसारका योजना निर्माण र साझेदारी, एनआरएनएमा अनुसन्धान तथा नवपर्वतन इकाईको स्थापना, स्थानीय तहसँगको समन्वयमा विद्यार्थीलाई इन्टरर्नशीप तथा स्वंयसेवा गर्न पाउने व्यवस्था गर्ने योजना अधिकारीले अघि सारेका छन् ।

त्यस्तै, आईडिया बैंकको स्थापना, क्राउड फन्डिङको अवधारणा सुरु गर्ने, विदेशमा अलपत्र वा समस्यमा परेकालाई सहयोग गर्न कार्ययोजना टोली गठन, एनआरएनए मन्त्रालय गठनका लागि पहल गर्ने, नेपाली नागरिकता, पैतृक सम्पत्तिमा हकअधिकार, लगायतका प्रतिबद्धता अधिकारीले अघि सारेका छन् ।

देश परिवर्तन गर्छु भन्ने एनआरएनले पहिले आफ्नो संस्थाभित्र परिवर्तन ल्याउनुपर्ने अधिकारीको भनाइ छ । खासगरी पछिल्लो समय एनआरएनएमा राजनीतिक भागवण्डा हाबी भएको र नेतृत्व वर्ग व्यक्तिगत स्वार्थपूर्तिमा लागेको भन्दै संस्थालाई त्यसबाट माथि उठाउन आफू नेतृत्वका लागि अघि सरेको उनले बताए ।

गोरखाको फूजेलमा अधिकारी डेढ दशकयता बेलायतमा बस्दै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!