तमु समाज युके आमा समूहको यस वर्ष लेडिज नाईट तथा तीज उत्सव १६ सेप्टेम्बरमा

SHARE:

लन्डन २५ अगस्ट। विगतका वर्षहरुजस्तै तमु समाज युके आमा समूहले आगामी १६ सेप्टेम्बरमा लेडिज नाईट तथा तीज उत्सव कार्यक्रम मनाउने भएको छ ।

बर्हाम पार्क वेम्ली लन्डनस्थित तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरमा सेप्टेम्बर १६ शनिबार लेडिज नाईट तथा तीज उत्सव कार्यक्रम आयोजना गरिएको आमा समूह अध्यक्ष उमादेवी गुरुङले जानकारी दिइन् । कार्यक्रम दिउँसो १ बजेदेखि राति १० बजेसम्मका लागि तोकिएको छ ।

कार्यक्रम प्रवेशका लागि १५ पाउन्ड शुल्क रहेको छ ।

आमा समूह अध्यक्ष गुरुङले आजीवन सदस्य आमा दिदीबहिनीहरु तथा युवा छोरीहरु र सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेकी छन् । कार्यक्रममा राफल ड्र र उत्कृष्ट नृत्यका लागि आकर्षक पुरस्कार समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!