राष्ट्रिय दिवस भब्यताकोसाथ सम्पन्न: नेपाली राजदुतावास लन्डन बेलायत

SHARE:

राष्ट्रिय दिवस भब्यताकोसाथ सम्पन्न: नेपाली राजदुतावास लन्डन बेलायत

२० सेप्टेम्बर २०२३, बेलायत। नेपाली राजदुतावास लन्डनले संबिधान दिवस तथा राष्ट्रिय दिवस भब्यताकोसाथ सम्पन्न गरेको छ।

नेपाली राजदुतावास लण्डनको आफ्नै भवनमा सम्पन्न कार्यक्रममा Foreign, Commonwealth and Development Office बेलायतका राज्य मन्त्रि सम्मानीय Anne-Marie Trevelyan, ब्रिटिश संसदका senior government official हरु, नेपालका लागि बृटिश शुभचिन्तकहरु, बिभिन्न देशका राजदुतहरु, बेलायतमा अबस्थित बिभिन्न देशका High Commissioner हरु, पत्रकारहरु, बेलायतवासी नेपाली राजनीतिककर्मीहरु र बेलायतमा स्थापित बिभिन्न नेपाली संघ संस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरुको बाख्लो उपस्थिति रहेको थियो।

Band of the Brigade of Gurkhas का सदस्यहरुले नेपाली र बेलायतका राष्ट्रिय धुन खेलेर कार्यक्रमको शुरुआत गरेका थिए।

संबिधान दिवसको अबसरमा बेप्लायात्का लागि नेपाली राजदुत महामहिम ज्ञान चन्द्र आचार्यले नेपालको संविधानको बारेमा कुरा राख्दै बेलायत र नेपालको दौत्य सम्बन्ध, राजनीतिक, आर्थिक, ब्यापार तथा पर्यटन र गोर्खाली सैनिकहरुको बारेमा प्रकाश पारेका छन ।

त्यस्तै Foreign, Commonwealth and Development Office बेलायतका राज्य मन्त्रि सम्मानीय Anne-Marie Trevelyan ले नेपालको राष्ट्रिय दिवस तथा राष्ट्रिय दिवसको बारेमा शुभकामना व्यक्त गरेका छन । उनले पनि बेलायत र नेपालको दौत्य सम्बन्ध २०० बर्ष भन्दा पुरानो भएको र सगरमाथा एक्पिडेसन भएको पनि ७० औं बर्षगांठ पुगेको बताएका छन भने बृटिश आर्मीमा गोर्खालीहरुको उपस्थितिले ठुलो अर्थ राखेको तथा आत्माबल पुगेको बताएका छन।

कार्यक्रममा छोरीहरु दिव्या दाहाल र काव्या दाहालले नेपाली नृत्य प्रस्तुत गरेर उपस्थित दर्शकहरुलाई मन्त्रमुग्ध पारेका थिए।

राष्ट्री दिवसको कार्यक्रम नेपाली रादुतावास लण्डनका उपनियोग प्रमुख रोशन खनालले संचालन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!