मिसेस हुम्यानिटी २०२३’ को उपाधि विमलालाई

SHARE:

लण्डन १२ अक्टुबर २०२३ ।

फिलिपिन्समा भएको ४६औं मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा विमला बुढाथोकीले‘ मिसेस हुम्यानिटी २०२३’ को उपाधि जेतेकी छन् ।

अक्टोबर १ देखि ८ तारिखसम्म फिलिपिन्सको मनिलामा आयोजना भएको ४६औं मिसेस युनिभर्स २०२३ मा बेलायत निवासी विमलाले नेपालको प्रतिनिधित्व गर्दै मिसेस युनिभर्स २०२३ मा सहभागी भएकी थिइन् । उक्त प्रतियोगितामा विश्वभरका दर्जनौं मिसेस सुन्दरीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिता सकेर बेलायत आएपछि विमलाले भनिन्, ‘नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्स पुगेर नेपाललाई विश्वसामू चिनाउन आफ्नो तर्फबाट आत्मविश्वास र इमान्दारीपूर्वक प्रयास गरेको छु, मानव सेवा भन्दा ठूलो धर्म अरु केहि हुदैन, मिसेस युनिभर्स २०२३ मा ‘मिसेस हुम्यानिटी’ बाट सम्मानित हुन पाउनु नेपालको लागि पनि गौरवको विषय हो’ उनले भनिन् ।

प्रतियोगिताका दौरानका आफ्ना १० दिन निकै फलदायी रहेको बताउंदै फिलिपिन्स समुदाय तथा प्रतियोगीहरुबाट राम्रो सहयोग पाएको बताइन् । निकट भविष्यमा हुन गइरहेका ३र ४ वटा प्रतियोगितामा सहभागिता जनाउन आफूलाई प्रस्ताव पनि आएको बताउंदै आफ्नो यात्रामा सहयोग पुर्याउने सबैलाई धन्यबाद दिंदै भावी दिनमा पनि सहयोग गर्न आग्रह गरेकी छन् ।

नेपाली संस्कृतिको पहिचानस्वरूप प्रतियोगिताको प्रिइलिमिनेशन राउन्डमा उनले नेपालीपन झल्काउने पहिरन लगाएकी थिइन् । यसैगरी उनले प्रतियोगितामा सहभागिता जनाउन आउनेहरुलाई नेपाली सामाग्रीहरु कोसेली स्वरुप प्रदान गर्दै नेपाल भ्रमणमा आउन निमन्त्रणा समेत गरिन् ।

लन्डन फेसन हाउसले बेलायतमा आयोजना गरेको ‘कोरोनेसन नाइट’ मा विमलालई मिसेस नेपाल युनिभर्स २०२३ को उपाधि प्रदान गरेसंगै विमलालाई मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा सहभागी उने अवसर जुटेको थियो ।

ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर्स गरेकी उनले क्याबिन क्रुको तालिम समेत लिएकी छन् भने नेपाल छंदा दुई वर्ष सिंगापुर एअरलाइन्स्मा काम गरेकी थिइन् । सन् २०१० देखि बेलायत बस्दै आएकी विमला सामाजिक कार्यमा आवद्ध रहनुका साथै च्यारिटी संस्थासंग पनि सहकार्य गर्दै आएकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!