हमास आक्रमणमा परी मृत्यु भएका ५ नेपालीको शव इजरायलले दूतावासलाई बुझायो

SHARE:

काठमाडौं १५ अक्टुबर २०२३ ।

इजरायलमा हमास आक्रमणमा परी ज्यान गुमाएका १० जना विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ ।

इजरायलस्थित नेपाली दूतावासले ५ जनाको शव प्राप्त गरेको जानकारी दिएको हो । ज्यान गुमाएका १० जना मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव दूतावासले प्राप्त गरेको हो ।

सिडट निजेभ एग्रिकल्चर सेन्टर अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत विद्यार्थीहरूमाथि आक्रमण हुँदा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । बाँकी ५ जनाको शव प्राप्त हुने क्रममा जारी रहेको दूतावासले जनाएको छ ।

प्राप्त गरेका शवहरू ढिलानगरी नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेको दूतावासले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!