कोशी प्रदेशमा कांग्रेसले सहमति उल्लंघन गरेर एमालेका मन्त्री छिरायो: प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं १६ अक्टुबर २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनु अगाडि नेपाली कांग्रेसका मात्र मन्त्री बनाउने सहमति भए पनि कांग्रेसले सहमति उल्लंघन गरेर एमालेका मन्त्री छिराएको आरोप लगाएका छन् ।

कोशीमा देखिएको समस्यालाई समाधान गर्न आफूसहित शेरबहादुर देउवा र शेखर कोइरालाबीच दुई दिनसम्म बैठक बसेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसरी भएको छलफलमा मुख्यमन्त्री कार्कीले कांग्रेसका एकजना मन्त्रीसहित सपथ लिने सहमति भएको बताएका हुन् ।

‘कोशीमा दुईवटा गठबन्धन बने, हाम्रो एउटा, एमाले र असन्तुष्ट कांग्रेसको अर्को। लाजैमर्दो। यसलाई कसरी हल गर्ने भनेर दुई दिनसम्म बडो मिहेनत गर्यौं,’ प्रधानमन्त्री प्रचण्डले भने । धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा उनले नेकपा एमालेभित्र पहिलोपटक ठूला चिरा परेको पनि बताए ।

उनले भने “पहिलोचोटी एमालेभित्र ठूल्ठूला चिरा परेको देखिएको छ । राम्रो बुद्धि पुर्‍याउने हो भने त्यसलाई राम्रोसँग सदुपयोग गर्ने सम्भावना बढी छ, अब कांग्रेस त पार्टी हो कि, मञ्च हो कि, मोर्चा हो बुझिसाध्य छैन ।”प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चामा रहेका चार दलमध्ये तीन दल सरकारमै रहेकाले काम गर्न अप्ठ्यारो भएको बर्ता । ‘मोर्चामा आबद्ध चार दललाई काम गर्न सजिलो छैन । विप्लवजी सरकार बाहिर रहेकाले बोल्ने स्वतन्त्रता छ । अलिअलि लड्ने स्वतन्त्रता छ’, उनले भने ।

मोर्चामा रहेका तीन दल मिल्दा पनि जम्मा ५४ सिटमात्र भएकोले लड्न सजिलो नभएको उनको भनाइ रहेको छ । उनले भने ‘कांग्रेस एक्लै झण्डै ९० को नजिक छ । एमाले एक्लै ८० को नजिक छ । अनि साथीहरू ठोक्नोस् बेसरी ठोक्नोस् भन्नुहुन्छ । परिस्थिति त्यस्तो छ । मिलाएर ठोकेन भने आफैतिर उल्टिने खतरा छ । यो कुरा पनि तपाई बुझ्न जरुरी छ । बडो मिलाइ मिलाई ठोक्नु छ अझै ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!