एनआरएनए अध्यक्षका लागि चार जनाको उम्मेदवारी, विश्वभरबाट अनलाईन भोटिङको व्यवस्था

SHARE:

काठमाडौं १६ अकटुबर २०२३ ।

एनआरएनएको नयाँ अध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

एनआरएनएको नयाँ नेतृत्वका लागि हालका अध्यक्षसहित उपाध्यक्ष प्रतिष्पर्धामा उत्रिएका हुन् । अध्यक्षमा डा.बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापाले उम्मेदवारी दर्ता गराएका संघको निर्वाचन समितिले बताएको छ ।

केसी हालका कार्यकारी अध्यक्ष छन् भने थापा ३ अध्यक्ष मध्ये एक थिइन् । श्रेष्ठ र शर्मा एनआरएनएका हालका उपाध्यक्ष हुन् । महाधिवेशनबाट कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन हुनेछन् ।

चार दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन भोलि बिहान ९ बजे राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन् । समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने एनआरएनएले जनाएको छ । एनआरएनएका प्रवक्ता सोम सापकोटाले संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था गरिएको बताए ।

उनका अनुसार निर्वाचनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी हुने छन् । प्रत्यक्ष रुपमा भने एक हजारले सहभागिता जनाउने अनुमान गरिएको छ । मतदानस्थलमै उपस्थित भएका मतदाताहरुका लागि अनलाईन भोटिङको व्यवस्था गरिएको छ ।

महाधिवेशनकै बीच विशेष सत्रको आयोजनासमेत गरिएको सापकोटाले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!