काठमाडौं २० अक्टुबर २०२३ ।

एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने भएको छ ।
नेपाल समूह ए र जापान समूह डी को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । नेपाल र जापानबीचको खेल भोलि शनिवार हुनेछ । नेपालले इरानलाई २ सय ७४ रन, बहराइनलाई ७ विकेटले र साउदी अरेबियालाई ३ सय १ रनले हराउँदै समूह विजेता बनेको थियो ।
यस्तै जापानले समूह विजेता बन्ने क्रममा हङकङलाई डकवर्थ लुइस पद्धतिको आधारमा ५७ रन, इन्डोनेसियालाई ९ विकेट र मलेसियालाई डकवर्थ लुइस पद्धतिको आधारमा ६ विकेटले हराएको थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा समूह ुबीु को विजेता यूएई र समूह सी को विजेता सिङ्गापुरबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि शनिवार नै हुनेछ । एसीसी यू–१९ प्रिमियर कप प्रतियोगिताको फाइनल खेल आउँदो मङ्गलवार हुनेछ ।
प्रतियोगिताको शीर्ष ३ मा पुग्ने टोलीले आउँदो डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।






