भारत अपराजित यात्रासहित फाइनल प्रवेश, १९ नोभेम्वरमा अहमदावादमा फाइनल खेल्ने

SHARE:

काठमाडौं, १६ नोभेम्बर । आईसीसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल अन्तर्गत न्युजिल्यान्डविरुद्धको खेलमा भारतका विराट कोहलीले विश्व कीर्तिमानी शतकसंगै भारतले यस चरणको अपराजित टिम बनेको छ ।
पहिले टस जितेर व्याटिंग गरेको भारतका लागि श्रेयस अय्यरले पनि शतक प्रहार गरेका थिए। उनले ७० बलमा ४ चौका र ८ छक्काको मद्दतमा १०५ रन जोडे।

त्यसअघि ओपनर तथा कप्तान रोहित शर्माले ४७ रन जोडे। अर्का ओपनर शुभमन गिल ८० रन र केएल राहुल ३९ रनमा नटआउट रहे।

वानखडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले न्युजिल्याण्डका सामु ३९८ रनको विशाल लक्ष्य दिएको थियो ।
जबाफी व्याटिंग न्युजिल्याण्डका लालि डिरेलमिचेलले शतक प्रहार गरेपनि अन्य व्याट्सम्यान जम्न नसक्दा ७ बल बांकी रहंदै सवै खेलाडी आउट भए । न्युजिल्याण्डले जम्मा३२७ रन बनाएको थियो ।

विश्व रेकर्ड बनाउने क्रममा कोहली वनडे क्रिकेटकम सवैभन्दा बढी रन बनाउनेमा तेस्रो भएका छन् । कोहलीले ऑस्ट्रेलिया पूर्व कप्तान रिकी पोंटिंगलाई पछि पारेका छन् । पोंटिंगले ४७५ वानडेमा १३७०४ बनाएका थिए ।

यो सँगै कोहली ओडीआई करिअरकै सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन्। उनले आफ्नो ३५ औं जन्मदिनको दिन विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध शतक पूरा गरेर सचिन तेन्दुलकर संगको सतकीइ पारी बराबरी गरेका थिए।

भारतको मुम्बईमा भइरहेको न्युजिल्यान्डविरुद्धको खेलमा उनले सचिन तेन्दुलकरको ४९ औं शतकको कीर्तिमानी तोडेका हुन्। ११३ बलमा कोहलीले ११७ रन बनाएका थिए । उनले खेलमा ११३ बलमा ९ चौका र २ छक्का हिर्काए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!