
लन्डन ४ नोभेम्वर २०२३ – नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा क्याम्वर्ली नेपालीज समाजका महिला समितिद्वारा देउसीभैलो कार्यक्रम भव्य रुपमा सम्पन्न भयो। बिदेशमा रहेर पनि आफ्नो संस्कारलाई जीवित राख्न यो महान चांडलाई पूर्णरुप दिएर एक आपसमा सदभाव फैलाउदै अरु बर्षहरु झै रमाईलो गरेर मनाएका थिए।
नेपालीहरुको ज्यादै लोकप्रिय यो चांडलाई जीवीत राखिरहन यसलाई निरन्तरता दिने आयोजकको भनाई थियो। सो कार्यक्रममा क्याम्वर्ली महिला समुहकी अध्यक्ष रोजी राई र उपाध्यक्ष तुलसी घलेले यसै अवसरमा क्याम्वर्ली नेपलिज गोर्खा लोसाईटीका नवनिर्वाचित कार्यसमितीका अध्यक्ष मे. रि. गणेश गुरुङ र उहाँका सम्पूर्ण कार्समितीलाई खदा ओढाई बधाई तथा शुभकामना दिएका थिए।
कार्यक्रममा महिला समुहकी निबर्तमान अध्यक्ष ओम कुमारी गुरुङ र उहाको सहोदर पाच जना दिदीबहिनिहरुले उत्कृष्ट रोचक देउसी नाच देखाएर सबैलाई आनन्दित पारेका थिए।
परम्परा अनुसार तास जुवाको खेलाउने जीम्मा समाजका उपाध्यक्ष ओमप्रसाद गरुङले लिनुभएको थियो र बाजा गाजामा समाजका सल्लाहकार इन्द्रजीत गुरुङज्युले लिनुभएको थियो।
यस कार्यक्रममा समाजका निवर्तमान अध्यक्षहरु क्रमस: याम गुरुङ, क्या. देव घले, ले. रने गुरुङ र लिलामान सेरपुन्जा साथै सल्लाहकारहरु. मे. रि. मनि राई, मे.रि. टेक गुरुङलगायतको बाख्लो उपस्थिती रहेको थियो। महिला समुह र समाजका सम्पूर्ण सदस्यहरुको सक्दो सहयोगमा यो कार्यक्रम सफल भएको थियो।






