नेम्वाङ समाजद्वारा ताम्भुङचा आयोजना

SHARE:

– गजेन्द्रराज नेम्वाङ
काठमाडौं । याक्थुङ नेम्वाङ समाज नेपालले एक दिवसीय वनभोज कार्यक्रम ताम्भुङचा आयोजना ग¥यो । ललितपुरको सानो हात्तीवनमा आयोजित वनभोज चैत १० गते शनिबार बिहान ७ बजेदेखि राति ९:३० बजेसम्म आयोजना भएको हो ।
विशेष गरेर पूर्वी नेपालको लिम्बुवान क्षेत्रमा बसोबास गरी काठमाडौं उपत्यकामा आइ विभिन्न पेसा, शिक्षा, रोजगार, सरकारी सेवा तथा बेलायत र सिंगापुरमा सेवा गरी अवकाश प्राप्त गोर्खा सैनिकहरु आबद्ध नेम्वाङबन्धुहरुलाई खुसी प्रदान गर्दै संसारभर छरिएर रहेका समस्त नेम्वाङहरुलाई एकताबद्ध गर्ने लक्ष्यका साथ आयोजना गरिएको ताम्भुङचा वनभोज कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो ।

सहभागीहरुको सुविधालाई मध्यनजर गर्दै भोजनको व्यवस्थापनलाई उच्च महत्व दिँदै ए–लेभलको व्यवस्थापन गरिएको थियो । सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक अमर नेम्वाङ सुब्बा र समाजसेवी एवम् बयोवृद्ध डिल्लीबिक्रम नेम्वाङको प्रमुख उपस्थितिमा भएको उत्सव कार्यक्रमलाई विभिन्न महानुभावहरूले शुभकामना व्यक्त गरेका थिए । संस्थाको उद्देश्य र लक्ष्य प्राप्तिमा ऐक्यबद्धता व्यक्त गर्दै शुभकामना दिनेहरुमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वकुलपति तीलविक्रम नेम्वाङ वैरागी काइँला, सांसद बसन्तकुमार नेम्वाङ, नेपाली सेनाका उपरथी एवम् सुदूरपश्चिम सुर्खेतका पृतनापती कर्मेन्द्रविक्रम नेम्वाङ, उपरथी होम लावती, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुलबहादुर नेम्वाङ र सशस्त्र प्रहरी उपरीक्षक आनन्द नेम्वाङ थिए ।

त्यस्तै बेलायतबाट अवकाश प्राप्त गोर्खा सैनिक स्टाफ सार्जन्ट कुवेरसिं नेम्वाङ लिम्बु, नेम्वाङ समाज युकेका सक्रिय सदस्य भक्तिहाङ नेम्वाङ, गीतकार एवम् समाजसेवी सुवर्ण नेम्वाङ र मनोक्रान्ति अभियान बेलायतका संस्थापक एवम् वरिष्ठ उपाध्यक्ष किरात याक्थुङ चुम्लुङ, पाँचथर समाजसेवा युकेका वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङ र बहराइनबाट कर्णराज नेम्वाङ रहेका थिए ।

वनभोज कार्यक्रममा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु एकल तथा सामूहिक रुपमा प्रस्तुत गरिएका थिए । विजेताहरुलाई संस्थाका सल्लाहकार एवम् वनभोज कार्यक्रमको संयोजक कृष्णराज नेम्वाङ र कोषाध्यक्ष भगीमान नेम्वाङले पुरस्कार वितरण गरे ।

याक्थुङ नेम्वाङ समाजले सो अवसरमा दुवै मृगौलापीडित भई हाल शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत सुन्दर नेम्वाङलाई संस्थाको तर्फबाट रु. १५,०००, अमेरिकाबाट ताराहाङ नेम्वाङको सक्रियतामा उठेको रु. १५,०००, कोरियाबाट आत्मविक्रम नेम्वाङको सक्रियतामा उठेको रु. ५५,५००÷– संस्थाका सल्लाहकार संयोजक वीरदल नेम्वाङ, अध्यक्ष सुरेन्द्रप्रसाद नेम्वाङ, उपाध्यक्ष प्रियकुमार नेम्वाङ, महिला उपाध्यक्ष प्रेमकला नेम्वाङ र महासचिव शंखध्वज नेम्वाङले संयुक्त रुपमा प्रदान गरेका थिए ।

त्यस्तै संस्थाले अर्का मृगौलापीडित मातृका नेम्वाङलाई पनि रु. १५,००० प्रदान गरेको छ । वनभोज उत्सव कार्यक्रमबाट सहभागीहरू सबैले भरपूर मनोरञ्जन लिई राति अबेर ९ः३० सम्म रमाएका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका कार्यक्रम सञ्चालक एवम् मनोक्रान्ति विदेश विभाग प्रमुख गजेन्द्रराज नेम्वाङले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!