​नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको अध्यक्षमा टंक वनेम

SHARE:

लन्डन १८ डिसेम्बर २०२३ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको अध्यक्षमा टंक वनेम निर्वाचित भएका छन् ।

प्रतिष्ठानको शनिबार १६ डिसेम्बरमा भएको पाँचौँ अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा मिजास तेम्बे र देवेन्द्र खेरेस, महासचिव चोक गुरुङ, कोषाध्यक्ष निर्मला परिवेश राई र सचिव अञ्जु अञ्जली छन् ।

सदस्यमा दयाकृष्ण राई, रक्ष राई, गणेश राई, नरेश नाति र दीपा लिम्बू राई निर्वाचित भए ।

सन् २००८ मा प्रवासमा नेपाली साहित्य, कला, संगीतको प्रवर्द्धन र जगेर्ना गर्ने उद्देश्यले उक्त प्रतिष्ठानको स्थापना भएको थियो । 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!