कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए ४ मन्त्री र २ राज्यमन्त्री

SHARE:

काठमाडौं ९ फेब्रुअरी २०२४ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री कार्कीले चार जना मन्त्री तथा दुई जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् बिस्तार गरेका हुन्। यससँगै कोशी मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ। स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सनुवार र उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री तथा सामाजिक विकासमन्त्रीमा माओवादी केन्द्रका राजेन्द्र कार्की र खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगर नियुक्त भए ।

उनीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका छन् । मुख्यमन्त्री कार्कीले दुई कांग्रेसका प्रदेशसभा सदस्यलाई राज्यमन्त्रीमा समेत नियुक्त गरेका छन् । आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीमा सुनिताकुमारी गुरुङ राम नियुक्त भएका छन् । उनीहरूलाई मुख्यमन्त्री कार्कीले शपथ गराए ।

यसअघि आन्तरिक मामिला तथा कानूनमन्त्रीमा शमशेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रीमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु नियुक्त भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!