नेपाल मगर युवा संघ रूपन्देहीले हसिया खुर्पेटो अंकित टिसर्ट र ब्याच सार्वजनि गर्यो

SHARE:

संजय सिङजाली मगर

बुटवल, २७ माघ । नेपाल मगर युवा संघ जिल्ला कार्य समिति रूपन्देहीले एक कार्यक्रम मार्फत हसिया खुर्पेटो अंकित टिसर्ट र ब्याच सार्वजनिक गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाल मगर संघका केन्द्रीय सह अध्यक्ष दल बहादुर बिरकट्टा मगरले मगर समुदायको पहिचान र अधिकार स्थापित गर्न मगरहरू एक ठाउँमा उभिनुपर्ने बताउनु भयो ।

मगर समुदाय एकजुट नहुदा मगर समुदायको पहिचान र अधिकार स्थापित हुन नसकेको भन्दै उनले आफ्नो समुदायको पहिचान स्थापित गर्न राजनीति भन्दा माथि उठेर समुदायको हकअधिकारको स्थापित गर्र्न लाग्नु पर्ने जोड दिनुभयो ।

मगर संघको स्थापना पश्चात् मगर समुदाय माथिको विभेदमा कमि आउनुकासाथै मगर भएकोमा गर्व गर्ने अवस्थामा पुर्याएको स्मरण गर्दै उनले आफ्नो पहिचान स्थापित गर्न मगर समुदाय एक ठाउँमा उभिनुको बिकल्प नभएको धारणा राखे ।

उनले संगठन सुदृढीकरणका साथै आर्थिक सवलिकरण अभियान चलाउन सम्रग रुपमा एकहुनु पर्ने बताए ।

नेपाल मगर युवा संघ जिल्ला कार्यसमिति रूपन्देहीका अध्यक्ष हेमन्त बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश भाषिक उपाध्यक्ष आन बहादुर सोती, नेपाल मगर संघ रूपन्देहीका अध्यक्ष प्रेम थापा, उपाध्यक्ष थर्क बहादुर बारघरे मगर, मगर संघ बुटवल नगर अध्यक्ष,बसन्ती साठिघरे मगर, संघका सल्लाहकार शंकर गाहा, महासचिव खेम बहादुर आले मगरलगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । सो कार्यक्रम भने संघका सचिव खेम आले द्धारा संचालन भएको थियो ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!