माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

SHARE:

काठमाडौँ १५ फेब्रुअरी २०२४ ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान परिमार्जनसहित पारित भएको छ ।

प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो । अधिवेशनमा अध्यक्ष दाहालले विधानलाई समृद्ध बनाउन महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

विधान अधिवेशनलगत्तै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी उनले दिए । उनले प्राप्त सुझावबाट पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामा २० समूहबाट सुझाव सङ्कलन गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!