विश्वमा नागरिक समुदायको खुलापन खुम्चिँदै गएको भन्दै सरोकारवालाहरुद्वारा चिन्ता व्यक्त

SHARE:

काठमाडौं १६ फेब्रुअरी २०२४ ।

विश्वमा नागरिक समुदायको खुलापन खुम्चिँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

विश्व सामाजिक मञ्चमा नेपाल गैरसरकारी संस्था महासंघले गरेको अन्तरक्रियामा सरोकारवालाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । विश्वभरका सरकारले नागरिक समुदायको भुमिकालाई कम महत्व दिएको र खुलापन खुम्च्याउँदै लगेको बताएका छन् ।

नेपालस्थित अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संस्था एआईएनका अध्यक्ष भगवान श्रेष्ठले दक्षिण एशियाको तुलनामा नेपालमा नागरिक समुदाय र खुलापन राम्रो मानिए पनि विस्तारै खुम्चिँदै गएको बताए । विद्यमान नीति तथा अभ्यासको कारणले नागरिक समुदायले धेरै खुलापनको महशुस गर्न नपाएको बताए । नेपालमा कर्मचारीतन्त्र र प्रक्रियागत झन्झटले पर्याप्त काम गर्नसक्ने वातावरण नभएको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले नेपालमा गैरसरकारी संस्था र नागरिक समाजको भूमिकालाई नजरअन्दाज गर्न नसकिने बताइन् । नेपालको सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका नागरिक समुदायको रहेको उनले बताइन् । नागरिक समाज र खुलापनबारे अझ धेरै छलफल र बहस हुन आवश्यक रहेको बताइन् । यसको महत्व सबैलाई बुझाउन जरुरी रहेको बताइन्।

कार्यक्रममा युरोपेली युनियनको नेपालका लागि राजदूत भेरोनिक लोरेन्जोले नागरिक समाजको खुलापनलाई देशको आन्तरिक र विश्व राजनीतिले नकारात्मक असर गरिरहेको बताइन् । राजदूत लोरेन्जोका अनुसार सक्रिय र क्रियाशील नागरिक समाजले मात्र प्राप्त लोकतन्त्र र समावेशितालाई बचाउन सक्छ। नागरिक समाजलाई क्रियाशील बनाउन गैरसरकारी संस्थाले धेरै काम गर्नुपर्ने उनको भनाइ छ ।

सम्मेलनमा ९२ मुलुकका करिब ४० हजार मानिसहरुको सहभागिता रहेको छ। सम्मेलनमा १ हजार २५२ संस्थाका तर्फबाट १३ मूलविधामा आधारित भएर ४ सय कार्यक्रम हुनेछन् । सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछुत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानून, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिकाबारे पनि छलफल भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!