चार भन्ज्याङ तमु समाज यूकेले २ मार्चमा रात्रिभोज गर्ने

SHARE:

लण्डन २१ फेब्रुअरी २०२४ ।


चार भन्ज्याङ तमु समाज यूकेले २ मार्चमा वार्षिक परोपकारी रात्रिभोज कार्यक्रम आयोजना गर्ने भएको छ ।

शनिबार २ मार्च २०२४ मा नेपालबाट आएका बहुचर्चित लोकदोहरी गायिका निर्जला गुरुङ र गायक सविन गुरुङको सांगीतिक प्रस्तुतिसहित रात्रिभोज आयोजना गरिएको हो । कार्यक्रम फेल्थाम कम्युनिटी कलेजमा हुने चार भन्ज्याङ तमु समाज युकेका अध्यक्ष बेनकुमार गुरुङले जानकारी दिए ।

अध्यक्ष बेनकुमारले परोपकारी रात्रिभोज कार्यक्रमले चार भन्ज्याङअन्तर्गत ग्रामीण स्थलहरुका शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमले आत्मीय सद्भावका लागि महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष बेनकुमारले आशा व्यक्त गरे ।

समाजले आयोजना गरेको कार्यक्रममा चार भन्ज्याङ तमु समाजका सम्पूर्ण मान्यजन महानुभावहरुलाई उपस्थितिका लागि अध्यक्ष बेनकुमारले अनुरोध गरेका छन् । चार भन्ज्याङ तमु समाज यूकेले परोपकारी कार्यक्रम आयोजना गर्दै नेपालका विभिन्न ठाउँहरुमा सामाजिक सेवाका कार्यहरु गर्दै आएको छ ।

विशेषगरी चारभन्ज्याङ गाउँमा स्थापना भएको चार भन्ज्याङ स्वास्थ्य केन्द्र (टेलिमेडिसिन) संचालनले स्थानीय ग्रामीणवासी तथा नेपालका विभिन्न जिल्लाहरुबाट आई हालसम्म २९ हजारभन्दा बढीले निस्शुल्क स्वास्थ्य सेवा प्रदान गरिसकेको साथै यसै स्वास्थ्य केन्द्रमा कार्यरत ४ जानलाई तलब भत्ताको समेत राम्रो व्यवस्था गरेको समाजले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!