
२१ फेब्रुअरी २०२४, नेपाली राजदूतावास लन्डन। भुतपुर्ब (भुपु) गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्य बेलायतका रक्षा मन्त्रालयका अधिकारीहरु एवं भुपु गोर्खाका प्रतिनिधिहरुको सहभागितामा आज बेलायतको रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वैठक सम्पन्न भएको छ ।
वैठकमा भुपु गोर्खाहरुका पेन्सन, अध्यागमनलगायतका विषयहरुमा विस्तृत छलफलभएको हो । बेलायती रक्षा मन्त्रालयका अधिकारीहरुले भुपु गोर्खाहरुले उठाएका विषयहरुमा बिभिन्न सम्बन्धित निकाय तथा पदाधिकारीहरुसँग आन्तरिक छलफल गरी आगामी वैठकहरुमा जानकारी गराउने बताएको छ।
बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उप-नियोग प्रमुख श्री रोशन खनाल, सैनिक सहचारी महासेनानी अनुप शाह तथा भुपु गोर्खाहरुको तर्फबाट मेजर जुदबहादुर गुरुङ, मेजर उदयबहादुर गुरुङ, श्री पुष्पा राणा घले तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय र सो अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको थियो।







