आरके समूहद्वारा एनआरएनएको कार्यालयमा तालाबन्दी

SHARE:

काठमाडौं २२ फेब्रुअरी २०२४ ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० को आरके शर्मा पक्षधरले बिहीबार सङ्घको बालुवाटारस्थित कार्यालयमा तालाबन्दी गरेको छ ।

११ औँ महाधिवेशनपछि संघमा जारी विवादका बिच बिहीबार शर्माको नेतृत्वमा बन्द रहेको कार्यालयबाहिर बैठक गरेर पछि ताला लगाइएको हो । बद्री केसी पक्षले सञ्चालन गर्दै आएको कार्यालयमा शर्मा पक्षले बैठक बोलाएको खबरपछि बिहीबार कर्मचारीलाई बिदा कार्यालय बन्द गरिएको थियो । सो कार्यालयमा दुवै पक्षले दाबी गर्दै आएपनि शर्मा पक्षलाई अवरोध हुँदै आएको छ ।

साथै सो अवसरमा पत्रकार सम्मेलनमा उपस्थित अभियन्ताहरूले केसीले विश्वका लाखौँ गैर आवासीय नेपालीबाट उठाइएको रकमबाट खरिद गरिएको कार्यालयमा मनपरी गरेको भन्दै आक्रोश पोखेका थिए । उसो त ललिता निवास जग्गा प्रकरणमा सङ्घको भवन पनि परेको छ । यसबारे विशेष अदालतले एनआरएनएको भवनसमेत सरकारीकरण हुने फैसलापछि बुधवार काठमाडौँ महानगरपालिकाले सात दिनभित्र घर खाली गर्न सूचना जारी गरेको थियो ।

बिहीबारको पत्रकार सम्मेलनमा शर्मा पक्षले लिजमा लिएर भवन उपभोग गर्न पाउने कानुनी प्रावधान अनुसार उपभोग गर्न पाउनुपर्ने माग गर्दै परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र नेपाल सरकारलाई अनुरोध गर्ने जनाएको छ । यसैबिच हाल कायम गैर आवासीय नेपाली ऐनले अबको अवस्थामा कार्य गर्न नसक्ने निष्कर्ष सो पक्षले निकालेको छ । बैठकले ऐन संशोधनका लागि नयाँ मस्यौदा तयार गरी सकेसम्म छिटो तथा व्यवस्थित गर्न आवश्यक रहेको निष्कर्ष निकालेको अध्यक्ष शर्माले बताए ।

ऐन संशोधन गर्दा गैर आवासीय नागरिकता प्राप्त भएपछि भिसा लिनु नपर्ने गरी सहज प्रावधान गर्नुपर्ने, नेपालमा लगानी गर्दा विदेशी लगानी भित्र नपारी गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिहरूको लागि छुट्टै लगानी गर्ने अवस्था र वातावरण बनाउनुपर्ने सरकारको ध्यानाकर्षण गराइएको छ ।

यसै गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले पाउने सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारहरूको उपभोग गर्दा के के सुविधा र सहुलियत प्राप्त हुने र केके गर्न पाउने नपाउने भन्नेबारे स्पष्ट गर्नुपर्ने सुझाव दिइएको छ । यसै गरी आर्थिक अधिकार प्राप्त हुने व्यवस्था बमोजिम अब उप्रान्त गैर आवासीय नेपालीले के कसरी घरजग्गा, गाडी लगायत अन्य सम्पत्तिमा लगानी गर्न तथा सोबाट फाइदा हासिल गर्न सक्छ, सोको आवश्यक कानुनी व्यवस्था गर्नुपर्नेलगायत सुझाव पनि दिइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!