बरिष्ठ संगीतकार तथा गायक दिपक थापामगरलाई आर्थिक सहयोग हस्तातरण

SHARE:

२५ फेब्रुरी २०२४ – बेलायत। मगर संघ युकेले बेलायतको फार्नबोरोस्थित आफ्नै मगर भवनमा बरिष्ठ संगीतकार तथा गायक दिपक थापामगरको स्वास्थ उपचारको लागि £ २६०३ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। सोहिदिन मगर संघ युकेको युवा विभागले पनि थापामगरको स्वास्थ उपचारको लागि £७०० हस्तान्तरण गरेका छन। थापामगर बेलायत भ्रमणमा रहेको समयमा अस्वस्थ अस्पातालमा भर्ना भएका थिए।

हस्तान्तरण कार्यक्रममा मगर संघ युकेका कोषाध्यक्ष मोहन थापामगर र युवा संयोजक अनिल थापामगरले बरिष्ठ संगीतकार तथा गायक थापामगरको स्वास्थ उपचारको लागि आर्थिक संकलन गर्दाको तिता मिठा अनुभबहरु सुनाउदै आर्थिक संकलनमा सहयोग गरेका सम्पूर्ण ब्याक्तिहरुलाई हार्दिक धन्यवाद दिएका थिए।

उक्त कार्यक्रममा मगर संघ युकेका अध्यक्ष सिता पुनमगरले बरिष्ठ संगीतकार तथा गायक दिपक थापामगर र उनका धर्मपत्नी मेरी लेप्चा थापामगरलाई मगर भवनमा स्वागत गर्दै शिघ्र स्वास्थलाभको कामना गरेका थिए भने अध्यक्ष पुनमगरले आर्थिक सहयोग संकलन गर्ने मगर संघ युकेका कोषाध्यक्ष मोहन थापामगर र युवा संयोजक अनिल थापामगरले हार्दिक धन्यवाद दिएका थिए।

त्यस्तै बरिष्ठ संगीतकार तथा गायक दिपक थापामगरले उनी अस्पातालको सैयामा रहदा भेट्न आएका सम्पूर्ण शुभचिन्तकहरु र आर्थिक सहयोग हस्तान्तरण गरेका मगर संघ युके र युवा बिभागलाई हार्दिक धन्यवाद दिएका थिए।

मगर संघ युकेका अध्यक्ष सिता पुनमगरले अध्यक्षता गरेको हस्तान्तरण कार्यक्रममा महासचिब गुमानसिङ थापामगरले संचालन गरेका थिए।

हस्तान्तरण कायक्रममा अन्तराष्ट्रिय मगर महासंघका महासचिब बिरमान घर्तिमगर, बेल्जियम मगर संघका अध्यक्ष लोक रानामगर, मगर संघ युकेका पुर्बअध्यक्षहरु, सल्लाहकारहरु, पदाधिकारीहरु, कार्यसमितिहरु र युवा बिभागका संयोजक अनिल थापा मगरलगायतको उपस्थिति रहेको थियो।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!