
२५ फेब्रुरी २०२४ – बेलायत। मगर संघ युकेले बेलायतको फार्नबोरोस्थित आफ्नै मगर भवनमा अन्तराष्ट्रिय मगर महासंघसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। अन्तरक्रिया कार्यक्रममा अन्तराष्ट्रिय मगर महासंघका तर्फबाट उपाध्यक्ष रुद्र थापामगर, महासचिब, बिरमान घर्तिमगर र मगर संघ बेल्जियमका अध्यक्ष लोक रानामगर थिय भने मगर संघ युकेको तर्फबाटअन्तराष्ट्रिय संयोजक तथा सचिब गोमान पुनमगर, पुर्बअध्यक्षहरु, सल्लाहकारहरु, पदाधिकारीहरु, कार्यसमितिहरु र युवा बिभागका सदस्यहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा मगर संघ बेल्जियमका अध्यक्ष लोक रानामगरले अन्तराष्ट्रिय मगर महासंघ स्थापनाको सपना विश्व मगर महासंघ बेल्जियमले १८ बर्ष पहिलानै देखेको तर सो सपना आज आएर पुरा भएको बताएका थिए भने अन्तराष्ट्रिय मगर महासंघका महासचिब बिरमान घर्तिमगरले महासंघको अबधारणा पत्रको तयारी पुरा भएको संसारका ३२ वटा संस्थाहरु यस महासंघमा आबद्ध भैसकेको बताएका थिए। उनले मगरहरु हाम्रो हकहित खोज्नको लागि संसारभरी छरिएर बसेका मगरहरु एक हुनका लागि अन्तराष्ट्रिय मगर महासंघ स्थापना गर्न परेको बताएका थिए।
अन्तराष्ट्रिय मगर महासंघका उपाध्यक्ष तथा मगर संघ युकेका उपाध्यक्ष रुद्र थापामगरले अन्तराष्ट्रिय मगर महासंघ सम्पूर्ण प्रक्रिया पुरा गरेर बेलायतमा दर्ता भैसकेको जानकारी दिएका थिए। उनले यहो आउदो मार्चको २२ र २३ को दिन नेपालमा अन्तराष्ट्रिय मगर महासंघको सम्मेलन हुनभएको हुदा इच्छुक महानुभाबहरु उक्त सम्मेलनमा भाग लिन नेपाल जान आग्रह गरेका छन। उक्त कार्यक्रमको लागि रुद्र थापामगरले मगर संघ युकेका अध्यक्ष सिता पुनमगरलाई आर्थिक सहयोगको अनुरोध गरेका छन।
कार्यक्रममा अन्तराष्ट्रिय मगर महासंघका महासचिब बिरमान घर्तिमगर, बेल्जियम मगर संघका अध्यक्ष लोक रानामगरले मगर संघ युकेका अध्यक्ष सिता पुन र सांस्कृतिक सचिब सरु रानामगरलाई मायाको चिनो पछ्यौरी ओडाएर सम्मान गरेका थिए।

मगर संघ युकेका अध्यक्ष सिता पुनमगरले अध्यक्षता गरेको हस्तान्तरण कार्यक्रममा अन्तराष्ट्रिय मगर महासंघका उपाध्यक्ष तथा मगर संघ युकेका उपाध्यक्ष रुद्र थापा प्रमुख अतिथि थिए भने उपाध्यक्ष तथा बैदेशिक बिभाग संयोजक होम रोकामगरले स्वागत मन्तब्य राखेका थिए।
उक्त कार्यक्रम महासचिब गुमानसिङ थापामगरले संचालन गरेका थिए भने कायक्रममा अन्तराष्ट्रिय मगर महासंघका महासचिब बिरमान घर्तिमगर, बेल्जियम मगर संघका अध्यक्ष लोक रानामगर, मगर संघ युकेका पुर्बअध्यक्षहरु दुत पुनमगर, नेम थापामगर, सल्लाहकारहरु क्याप्टेन बिर बहादुर थापामगर, कर्ण दर्लामीमगर, तेज राम्जालीमगर, पदाधिकारीहरु, बरिष्ठ उपाध्यक्ष लाल पुनमगर, उपाध्यक्ष होम रोकामगर, कोषाध्यक्ष मोहन थापामगर, हाउजिङ्ग कोषाध्यक्ष थम रोका मगर, सचिब गोमान पुनमगर, सांस्कृतिक सचिब सरु रानामगर, बरिष्ठ संगीतकार तथा गायक दिपक थापामगर, गायिका मेरी थापामगर, युवा संयोजक अनिल थापा, उपसंयोजक दिपक थापा (माइथने) मगरलगायतको उपस्थिति रहेको थियो।







