नेप्लिज् युथ नेटवर्क यूकेको नयाँ नेतृत्व चयन

SHARE:

लण्डन २६ फेब्रुअरी २०२४ ।

बेलायतस्थित नयाँ पुस्ताका नेपाली युवाहरुको सञ्जाल ’नेप्लिज् युथ नेटवर्क यूके’ मा नयाँ नेतृत्व चुनिएको छ ।

सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको प्रोत्साहनमा स्थापित नेटवर्कको गत फेब्रुअरी १७ तारिख शनिबार प्लमस्टिडस्थित गोर्खा क्लबमा सम्पन्न भेलाले डा रानु बरालको अध्यक्षतामा नयाँ टीम चयन् गरेको हो ।

आगामी दुई वर्षका लागि चुनिएको समितिमा उपाध्यक्ष अपेक्षा न्यौपाने र शिशिर गौतम, महासचिव डा शिक्षा बराल, सचिव प्रणय रेग्मी, कोषाध्यक्ष विप्लव पौडेल तथा सदस्यहरु एलिसा अधिकारी, प्रान्जु शर्मा, आरोन थापा, स्मारिका न्यौपाने, आयुष कार्की, सम्राट न्यौपाने, बत्सल घिमिरे, प्रतोष रोका, राजस्वी हमाल र कोहिनुर शाही छन् ।

भेला संयोजक डा रामजी पौडेलले सञ्चालन गरेको कार्यक्रममा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूके अध्यक्ष विष्णुप्रसाद न्यौपानेले सोसाइटी र नेप्लिज् युथ नेटवर्कको परिचय तथा औचित्यमाथि प्रकाश पारेका थिए ।

सोसाइटी उपाध्यक्ष गजेन कटुवालले युथ नेटवर्कको नयाँ समितिका पदाधिकारीलाई शपथग्रहण गराएका थिए भने महासचिव डा ओमप्रसाद गौतमले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

नेटवर्ककी नवनिर्वाचित अध्यक्ष डा रानु बरालले संक्षिप्त मन्तव्य राखेकी थिइन् भने संयोजक डा रामजी पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।
त्यस अवसरमा सहभागी युवा र सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेबीच अन्तरक्रिया समेत गरिएको थियो ।

अन्तरक्रियामा उत्साही युवाहरुले राखेका जिज्ञासाहरुमाथि सोसाइटी अध्यक्ष ई. विष्णुप्रसाद न्यौपाने, उपाध्यक्ष गजेन कटुवाल, महासचिव डा ओमप्रसाद गौतम, सदस्य डा रामजी पौडेल, प्याट्रोन काउन्सिल सदस्य शेखर वाग्लेलगायतले प्रकाश पारेका थिए ।

बेलायतमा बसोबास गर्ने नेपाली युवाहरुबीच संजाल बिस्तार गर्ने, नेतृत्व विकास गर्ने तथा नेपाली समुदायलाई लाभ पुर्‍याउने सामाजिक कार्यहरुमा सक्रिय सहभागिता बढाउने उद्धेश्यसहित सन् २०१४ मा पहिलोपटक नेटवर्क गठन भएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!