बीसीसी युकेको साधारणसभा सम्पन्न

SHARE:

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको साधारणसभा सम्पन्न भएको छ । गत शनिबार २४ फेब्रुअरीका दिन अल्डरसटस्थित बीसीसी युकेको गुम्बामा उक्त साधारणसभा भएको हो ।

बीसीसी युको धर्मगुरु खेन्पो कर्म छुल्त्रिम, बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङले संयुक्त रुपमा दीपप्रज्ज्वलन गरी शुरु भएको उक्त साधारणसभामा बीसीसी युकेका महासचिव मेजर हितमान गुरुङले गत १ बर्षमा गुम्बाले आयोजना गरेका विभिन्न महत्वपूर्ण कार्यक्रमबारे छोटकरीमा जानकारी गराएका थिए । उनले बुद्ध जयन्ती, छ्योखर दुच्येन्, च्यारिटी डिनर नाईट, चिल्ड्रेन समर क्याम्प, न्युङ्नी ब्रत, कंग्यूर तथा तेंग्यूर पाठलगायत मेडिटेशन कक्षा, ङोन्दो कक्षा, साम्बोटा लिपी कक्षा, स्थानीय विद्यार्थी, स्काउट लगायतले गरेको गुम्बा भ्रमण बारे जानकारी दिए । त्यस्तै, विभिन्न धर्मगुरुले दिएको प्रवचनलगायत विभिन्न व्यक्तिहरुलाई गरिएको स्वागत तथा सम्मानलगायत गुम्बा संचालनसंग सम्बन्धित बिषयहरु समेटिएको कार्यसमितिको वार्षिक प्रतिवेदन प्रस्तुत् गरेका थिए ।

त्यस्तै, कोषाध्यक्ष मेजर शंकर गुरुङले बीसीसी युकेले बर्षभर विभिन्न शिर्षकमा गरेको आम्दानी तथा भएको खर्चको विवरणसहित पावर पोइन्ट प्रस्तुत् गर्दै आर्थिक प्रतिवेदन पेश गेका थिए ।

बेलायतका विभिन्न ठाउँबाट आएका बीसीसी युकेका ट्रष्टी मेम्बर्स, सल्लाहकार र आमाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बीसीसी युके आमा सचिव शारदा गुरुङले बीसीसी युकेले दैनिक रुपमा गरिने पुजापाठ, ब्रत, कर्मकाण्डसहित आमाहरुले गरेका विभिन्न गतिविधिहरु समेटिएको आमा समूहको प्रतिवदेन प्रस्तुत् गरेकी थिईन् । सो अवसरमा आमा सचिव शारदा गुरुङले बिशेष गरी गुम्बाका गुरुहरु, आमाहरु, गुम्बा स्टाफ, विभिन्न संघसंस्था र मिडियाबाट पाएको साथ, सहयोग, सल्लाह, सुझाव र सहभागीताको लागि धन्यवाद दिईन् । उनीहरुले प्रस्तुत् गरेको उक्त प्रतिवेदन माथि व्यापक रुपमा छलफल भई सर्वसम्मत् पारित भएको थियो ।

कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले आफ्नो कार्यकालको पहिलो बर्ष भएका महत्वपूर्ण कार्यक्रम तथा परियोजनाहरुबारे जानकारी गराए । उनले हालै सम्पन्न भएको नयाँ बत्ती घर, शुर घर, १०० तोला सुनको बत्ती आउने बुद्ध जयन्तीका दिन उद्घाटन गर्ने बताउदै उक्त परियोजनामा सहयोग गर्ने सबै सहयोगदाताहरुलाई हृदयदेखिनै धन्यवाद दिए ।

साथै, उनले आगामी २३ मे का दिन हिज होलिनेश दिल्गो याङ्सी रिन्पोछेज्यूको बिशेष उपस्थितिमा बीसीसी युकेले बुद्ध जयन्ती मनाउने जानकारी दिए । त्यस्तै, उनले बीसीसी युके लण्डन ब्रान्चले २५ मे का दिन, बुद्ध फाउण्डेशनले २ जुनका दिन मनाउन लागेको जानकारी दिए । साथै, उनले हरेक कार्यक्रमहरुमा पाएको सबैको साथ, सहयोग, सल्लाह, सुझाव र सहभागीताको लागि धन्यवाद दिए ।

त्यस्तै, बीसीसी युकेका वरिष्ठ उपाध्यक्ष आङ्गदावा शेर्पाले गुम्बाको चालु तथा तत्काल संचालन हुन लागेको परियोजनाहरु बारे छोटकारीमा जानकारी गराएका थिए । बिशेष गरी उनले करीब ६० हजार पाउण्डको लागतमा निर्माण भएको बत्ती घर, शुर घर, अगाडी बन्न लागेको छतनको बारेमा जानकारी गराउदै सहयोगदाताहरुको नाम प्रस्तुत् गर्दै धन्यवाद दिए । साथसाथै, बीसीसी लण्डन ब्रान्चका अध्यक्ष गोपाल तामाङ्गले लण्डन ब्रान्चको गतिविधि समेटिएको ब्रान्च प्रतिवेदन प्रस्तुत् गरेका थिए ।

कार्यक्रममा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पाले जुममार्फत शुभकामना मन्तब्य दिएका थिए । त्यस्तै, बोर्ड अफ ट्रष्टी मेम्वर्स मेजर खिम गौचनले कार पार्किङ्ग बारे अफडेट गराएका थिए ।

बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा उपाध्यक्ष रोविन गुरुङले स्वागत मन्तब्य, उपाध्यक्ष क्याप्टेन देब घलेले धन्यवाद ज्ञापन गरेका थिए भने महासचिव मेजर हितमान गुरुङले औपचारिक कार्यक्रम संचालन गरेका थिए ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!