लन्डन १४ अप्रिल २०२४ । आउँदो ६ मे (वैशाख २४ गते) इंग्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण प्रतिस्पर्धाका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा भएको छ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । अल्डरसट टाउन एफसीको रंगशाला इबिबीमा नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक इंग्ल्यान्ड ‘सी’ सँग प्रतिस्पर्धा गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालसँग प्रतिस्पर्धा गर्न लागेको इंग्ल्यान्ड ‘सी’ राष्ट्रिय टोलीकै मान्यता प्राप्त टोली हो ।
सामाजिक सन्जालमार्फत एन्फाले सार्वजनिक गरेको नेपाली फुटबलको प्रारम्भिक टोलीमा
गोलकिपर– किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार, सन्तोष महत ।
डिफेन्डर – अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ, अभिषेक लिम्बु ।
मिडफिल्डर – लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले, रोहन कार्की, भरत खवास ।
फरवार्ड– दिनेश हेन्जन, हिशुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट, राजेश परियार, अन्जन विष्ट, जिलेस्पेजंग कार्की छन् ।






