नेप्लिज डक्टर्स एसोसिएसन यूकेले शनिबार च्यारिटी कार्यक्रम गर्ने

SHARE:

लन्डन १७ अप्रिल २०२४ । नेपाली चिकित्सकहरुको संस्था नेप्लिज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके) ले मानव बेचविखन र यौन शोषणबाट मुक्त समुदायको सहयोगार्थ च्यारिटी कार्यक्रम गर्ने भएको छ ।

आउँदो शनिबार लन्डन वेम्ली नजिक क्ले ओभनमा विशिष्ट व्यक्तित्वहरुका साथ च्यारिटी गरिन लागेको हो । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, बेलायती सांसद तथा नेपाली समुदायसँग निकट वीरेन्द्र शर्मा, आधुनिक दासत्व र महिला बेचविखनसम्बन्धी संसदीय सल्लाहकार एवं ब्यारिस्टर परोशा चन्द्रन लगायतको सहभागिता हुने एसोसिएसनले जनाएको छ ।

एसोसिएसनले च्यारिटी डिनरमार्फत अपरचुनिटी भिलेज नेपालको सहयोगार्थ झण्डै तीस हजार पाउण्ड जुटाउने लक्ष्यसहित ‘जस्ट गिभिङ’ मा चन्दा संकलन पनि गरिरहेको छ । अहिलेसम्म ६४ दाताबाट झण्डै ८ हजार ७ सय पाउण्ड जुटिसकेको छ ।

च्यारिटीका लागि एसोसिएसनकी महासचिव डा. आरती थापा हमालको संयोजकत्वमा गठित आयोजक कमिटी क्रियाशील छ । एसोसिएसनका पूर्वअध्यक्ष डा. कमल अर्यालले च्यारिटीमा आएर वा ‘जस्ट गिभिङ’ मार्फत सहयोगका लागि अपिल गरेका छन् । उनले एसोसिएसनले विगतदेखि नै नेपालमा स्वास्थ्य सेवा सुधार गर्न कोष खडा गर्दै आएको बताए ।

च्यारिटी डिनरमा जोस नेपलिज ब्याण्डको लाइभ संगीत, डिजे, राफल चिट्ठा, अक्सन आदि मनोरन्जनात्मक कार्यक्रम राखिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!