
लन्डन २२ अप्रिल २०२४ । लन्डन म्याराथनमा नेपालबाट आएका धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले उक्त २६ माइल दुरीको दौड २ घण्टा २२ मिनेटमा पुरा गरेका छन् । ५९७०५ जनाले सफलतापूर्वक पूरा गरेको उक्त म्याराथनमा उनी २३औँ स्थान आउन सफल भएका छन् ।
त्यस्तै, लामो समयदेखि विभिन्न दौड प्रतियोगितामा भाग लिँदै आएका बेलायतवासी नेपाली सन्देश राईले २ घण्टा ३३ मिनेट, प्रकाश गुरुङले २ घण्टा ३९ मिनेट, सन्तोष राईले २ घण्टा ४७ मिनेट, चन्दन गुरुङले २ घण्टा ५४ मिनेट, मन्द गुरुङले ३ घण्टा ५ मिनेटमा पूरा गरे ।
यसैगरी, धावक कुशल दीक्षितले ३ घण्टा ८ मिनेट, तिल विक्रम सम्बाहाम्फेले ३ घण्टा १४ मिनेट, राजेन्द्र गुरुङले ३ घण्टा ३२ मिनेट, धन क्षेत्रीले ३ घण्टा ३५ मिनेट, गौरव गुरुङले ३ घण्टा ३९ मिनेट, पारस गुरुङले ३ घण्टा ४० मिनेटमा पार गरेका छन् ।


