
लन्डन १० मे २०२४ । बेलायतमा २५६८औँ बुद्ध जयन्ती र बुद्ध पूर्णिमा पूजाको तयारी तीव्र पारिएको तमु समाज युकेले जनाएको छ ।
तमु समाजले आगामी मे १८ मा २५६८औँ बुद्ध जयन्ती तथा बुद्ध पूर्णिमा पूजा कार्यक्रमको तयारी गरेको हो । उक्त दिन महापरिनिर्वाण प्राप्त गरेको पुण्य तिथिसमेत हो ।
कार्यक्रम तमु समाज युके नेपाली सामुदायिक केन्द्रस्थित ह्यारो रोड बरहम पार्क सडबरीमा बिहान १० देखि बेलुका ४ बजेसम्म हुनेछ ।
सो अवसरमा नेपालबाट आएका हाल गुरूद्वारा पूजा गरिनेछ । उनी नौ वर्ष छाम (गुफा) बसेर बुद्ध धर्मबारे धेरै ज्ञान प्राप्त गरिसकेका धर्म गुरु हुन् ।
उनीसहित अन्य धर्मगुरु समेतले बुद्ध जयन्ती तथा बुद्ध पूर्णिमा पूजा र स्वस्ति शान्ति, शुद्धीकरण, पूजा पाठ गर्ने तय भएको छ । कार्यक्रममा उपस्थित हुन तमु समाज युकेले सम्पूर्ण सदस्य तथा युके निवासी बुद्ध धर्मावलम्बी र शुभचिन्तकहरूलाई अनुरोध गरेको छ ।
कार्यक्रममा सबै भक्तजनका लागि तमु समाज युकेका आमा समूहले नि: शुल्क खाने पिउने व्यवस्थापन गरेको छ ।






