सहमति खोेज्दै देउवा भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड, गएनन् ओली

SHARE:

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

बुढानिलकण्ठस्थित निवासमा आइतबार बिहान उनीहरूबीच करिब ४० मिनेट भेटवार्ता भएको हो।

प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। सदनमा कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ। संसदीय समिति गठन नगरेसम्म सदन अवरोध कायमै राख्ने कांग्रेसको भनाइ छ।

साथै आजदेखि कांग्रेसले संसदीय छानबिन समिति गठनमा दबाब दिन सडक प्रदर्शन पनि गर्दैछ।

संसदीय समिति बनाउन प्रधानमन्त्री दाहालसहित सत्ता पक्ष तयार देखिए पनि कार्यादेशबारे सहमति हुन सकेको छैन। कानून मन्त्री पदम गिरी नेतृत्वमा कार्यदल नै बनाएर सत्ता र प्रतिपक्षीबीच कार्यदल बनाउन पटक(पटक छलफल भए पनि सहमति भएको थिएन। त्यसपछि शीर्ष नेताबीच कुराकानी गर्ने समझदारी बनेको थियो।

आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री दाहाल, सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच छलफल गर्ने कार्यक्रम थियो। तर कांग्रेस सभापति देउवाले आफू अस्वस्थ भएको भन्दै निवास बूढानीलकण्ठमै छलफल गर्न आग्रह गरेका थिए। देउवा निवासमा छलफल गर्न प्रधानमन्त्री दाहाल गए पनि एमाले अध्यक्ष ओली गएनन्।

प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच करिब ४० मिनेट कुराकानी गरेपछि कांग्रेस सहमहामन्त्रीसमेत रहेका कार्यदल सदस्य जीवन परियारले संसदीय छानबिन समितिका कार्यादेशबारे थप छलफल गरी सहमतिमा पुग्ने कुराकानी भएको जानकारी दिए।

‘प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे शीर्ष नेताहरूबीच कुराकानी गर्ने कार्यक्रम थियो। अहिलेको गतिरोध अन्त्य गर्न छलफल गर्ने भनिएको थियो। आज हाम्रो पार्टी सभापतिको स्वास्थ्य अवस्थाले गर्दा बालुवाटार जान सक्नु भएन,’ बूढानीलकण्ठमा पत्रकारहरूसँग कुराकानी गर्दै परियारले भने, ‘सभापति देउवाले सम्भव भयो भने बूढानीलकण्ठमै छलफल गरौं भनेर दुवै नेताहरूलाई भन्नु भएको थियो। प्रधानमन्त्रीज्यू मात्रै छलफलमा आउनु भयो।’

पहिले प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच मात्रै छलफल भएको थियो। पछि छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सहमहामन्त्री परियारलगायत नेता मिसिएका थिए।

सहमहामन्त्री परियारले संसदीय छानबिन समितिको कार्यादेशबारे कार्यदलमा सहमति जुट्न नसकेको अवस्था रहेकोले त्यसैमा केन्द्रित रहेर कुराकानी गरिएको जानकारी दिए।

‘प्रधानमन्त्रीज्यू यसबारे गम्भीर रहेको हामीले पायौं। सम्भव भएसम्म छलफलबाटै यो कुरा टुंग्याऔं भनेर उहाँले भन्नुभएको छ। आज साँझ वा भोलि बिहानसम्म थप छलफल गरेर टुंगोमा पुर्‍याउनुपर्छ भनेर उहाँको धारणा छ,’ सहमहामन्त्री परियारले भने।

व्यक्ति तोकेरै संसदीय छानबिन समिति गठनका पक्षमा पार्टी रहँदै आएको पनि उनले बताए। सहकारीका बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको कांग्रेसले दाबी गर्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

‘हामीले सत्तापक्षलाई के ठाउँ दिएको हो भने यदि रवि लामिछानेको नाम नराख्दै गर्दा कस्तो प्रस्ताव गर्नुहुन्छ भनेका हौं। तर उहाँहरू छानबिन गर्ने ठाउँमा आउनु भएको छैन, त्यसैले हामी मानिरहेका छैनौं,’ उनले भने।

प्रधानमन्त्री दाहालले ुगोरखा मिडिया नेटवर्कबारे छानबिन गर्ने भनेपछि अरू कुरा त आवश्यक नपर्ला कि१ु भन्ने कुरा गरेका थिए। रवि लामिछाने गोरखा मिडियाको प्रबन्ध निर्देशक थिए। विभिन्न सहकारीबाट गोरखा मिडियामा पैसा आएको देखिएको कांग्रेस दाबी छ।

‘गोरखा मिडियाको नाममात्रै लिएर पुग्दैन। त्यसमा संलग्न व्यक्तिहरूको नाम लेखिनुपर्छ भनेर हामीले भनेका छौं,’ परियारले भने, ‘सत्ता पक्षका साथीहरू चलाखीपूर्ण कुरा गरिरहनु भएको छ। कम्पनीले पैसा लिँदा नियमसंगत लियो वा लिएन, कम्पनी जबाफदेही हुने हो भनेर उहाँहरूले भन्नु भएको छ। यस्तो कुराले त निकास निस्कँदैन।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!