चिम्खोले काइँलाका ‘लन्डन घुमौली’ लोकार्पित

SHARE:

काठमाडौं । साहित्यकार तथा पत्रकार चिम्खोले काइँलाको गीति संग्रह ‘लन्डन घुमौला’ आज लोकार्पण गरिएको छ ।

चिम्खोले काइँलाका १२औं कृतिका रुपमा लन्डन घुमौला आज लोकार्पण गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले एक समारोहका बीच सो कृति सार्वजनिक गरेका हुन् ।

बेलायतमा बसोबास गर्दै आएका भूपू ब्रिटिश सैनिक दुतबहादुर पुन ‘चिम्खोले काइँला’ सशक्त लेखन क्षमता राख्दछन् । उनले लेखेका गीतहरुमध्ये ‘युकेतिर जाउली’ सर्वाधिक लोकप्रिय गीत हुन् ।

कृतिबारे गीतकार भावेश भुमरीले समीक्षात्मक मन्तव्य राखेका थिए भने गीतकार समाजका अध्यक्ष बसन्त वित्यासी, पत्रकार महासंघका उपाध्यक्ष उदय जिएम, फोनिज अध्यक्ष गजुरधन राई, फोनिजका पूर्वअध्यक्ष खिम घले लगायतले मन्तव्य राखेका थिए ।

चिम्खोले काइँलाले यसअघि २०६४ सालमा सुनदन्ते कविता संग्रह, २०६६ सालमा लन्डन कोसेली आधुनिक गीति एल्बम, २०६८ सालमा युकेको जिन्दगी कविता संग्रह, २०७० मा दोहोरी गीति एल्वम युकेतिर जाउली, २०७३ मा मेजर पेन्सन खाउली चलचित्र लेखन तथा निर्माण, २०७४ मा अर्ली भाइ कथा संग्रह, २०७५ सालमा गीतिभिडियो एल्बम बेष्ट अफ चिम्खोले काइँला प्रकाशन गरेका थिए ।

त्यस्तै, २०७६ मा मगर संघ युकेः इतिहासदेखि वर्तमानसम्म, २०७७ मा आधा यात्रा (हस्त–नेत्र स्मृतिग्रन्थ) २०७७ मा गोलार्धलाई चक्कर मार्दा (नियात्रा), २०७९ मा लोसो गोठदेखि बकिङ्घम प्यालेससम्म प्रकाशन गरेका थिए ।

१३औं कृतिका रुपमा उनले उपन्यास प्रकाशन गर्ने तयारी रहेको बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!