किरात राई यायोक्खा बेलायतले सगरमाथा आरोही अविरल राईलाई दियो धन्यवाद तथा बधाई

SHARE:

– प्रमिला लाबुङ राई
लन्डन ७ जुन २०२४ । आरोही अविरल राईले किरात राई यायोक्खा बेलायतको लोगो अंकित झन्डा सगरमाथा चुचुरोमा फराइदिएका छन् ।

गत २२ मे २०२४ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेका राईले किराया बेलायतको परिकल्पनाअनुसार झन्डा सगरमाथा चुचुरोमा पुर्‍याएका हुन् । संस्थाको झन्डा सगरमाथाको शिरमा पुर्‍याउने आरोही राईलाई किराया बेलायत अनि समस्त बेलायतवासी किरात राई तथा गैरकिरात राईहरुको तर्फबाट धन्यवाद तथा बधाई ज्ञापन गरिएको छ ।

‘सगरमाथाको काख सोलुखुम्बु जिल्लामा जन्मनुभएका आरोही अविरल राईज्यूले गत मिति २२ मे २०२४ को दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा, किरात राई यायोक्खा बेलायतले आरोही राईलाई विशेष धन्यबाद प्रदान गरेको छ,’ धन्यवाद पत्रमा लेखिएको छ, ‘आफ्नो जीवनको बाजी थापेर, आरोही अबिरल राईज्यूले गर्नु भएको साहसिक कार्य अनि सफल आरोहणले समग्र किरात राई जातिको शिर उच्च पार्नुभएको छ ।’

थप लेखिएको छ, ‘किरात राई, बहुभाषिक र बहुथरी समुदाय बोधक संज्ञा भएको, किरात राई एक जाति तर बहुभाषी, बहुथरी हुनु किरात राई जातिको विशिष्टता हो । यसै विशिष्टतालाई प्रतिविम्बित गर्न किराया बेलायतले परिकल्पना गरेको किराया बेलायतको लोगो अंकित झन्डा सफल आरोही अबिरल राईज्यूले विश्वको शिर सगरमाथाको चुचुरोमा फहराउनुसमेत सफल हुनु भएकोमा, किराया बेलायत अनि समस्त बेलायतवासी किरात राई तथा गैरकिरात राईहरुको तर्फबाट उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै बधाई ज्ञापन गरिएको छ ।’

पेसाले पर्वतीय मार्गदर्शक समेत रहेका आरोही राईले यसअघि सन् २०२२ मा सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए । साथै उनले नेपाललगायत विश्वका अन्य थुप्रै चुचुराहरुको सफल आरोहण गरिसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!