आरोही पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई एमबीई पदवी दिने घोषणा

SHARE:


लन्डन १५ जुन २०२४ । आरोही पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई मेम्बर अफ अर्डर अफ ब्रिटिस एम्पायर (एमबीई) पदवी दिने घोषणा गरिएको छ ।

बेलायती राजा चार्ल्स तृतीयको जन्मोत्सवका अवसरमा बेलायतमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई प्रदान गरिने पदवी पूर्वगोर्खा सैनिक बुढामगरलाई पनि दिने घोषणा भएको हो । शुक्रबार बेलुका सार्वजनिक गरिएको सो पदक पाउनेहरूको सूचीमा बुढामगरलाई अपांगताका बारेमा जनचेतना फैलाएकोमा ओबीई पदवी दिने घोषणा गरिएको छ ।

रोल्पा मिरुलमा जन्मेका बुढाले बेलायती सैनिकमा कार्यरत हुँदा कामको सिलसिलामा सन् २०१० मा अफगानिस्तानको हेल्मण्डमा खटिएको बेला दुश्मनको एम्बुसमा परेर दुवै गोडा घुँडाभन्दा माथि गुमाएका छन् । सो दुर्घटनाबाट तङ्ग्रिएपछि उनले बेलायत लगायत विभिन्न स्थानहरूमा अपाङ्गता सम्बन्धमा रहेको परम्परागत मानसिकता हटाउन र अपाङ्गहरूलाई पनि केही गर्न सकिन्छ भनेर प्रेरणादायी प्रवचन दिने, साहसिक खेलमा सहभागी हुने, सामाजिक तथा व्यावसायिक कार्यमा सक्रिय छन् ।

बुढामगरले घुँडाभन्दामाथि गोडा गुमाएका व्यक्तिहरुमा सबैभन्दा पहिले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकोमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड पनि कायम गरेका छन् । बुढामगरले गत वर्ष मे १९ मा सगरमाथाको सफल आरोहण गरेका थिए । अहिले सबै महादेशका अग्ला हिमाल चढ्ने अभियानमा रहेको आरोही बुढामगरले जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!