बेलायतमा चर्चित १० व्यक्तित्व छान्न नेपालब्रिटेन डट कमको अनुरोध

SHARE:

 

लन्डन । बेलायतबाट संचालित नेपालब्रिटेन डट कमले बेलायतमा सक्रिय १० व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ।

अनलाइनका संस्थापक अध्यक्ष चिरन्जीवी ढकालका अनुसार अनलाइन पोर्टलको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर सो सम्मान कार्यक्रमको आयोजना गर्न लागेकाे हो।

सन् २००७ को जुन महिनादेखि अनलाइन सेवा संचालन गरेको समाचार पोर्टलले १७ औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ। गत वर्षहरुमा जस्तै नेपाली समुदायसँग वार्षिकोत्सव मनाउने तयारी गरिएको ढकालले बताए। ढकालले कार्यक्रमको विस्तृत विवरण छिट्टै प्रकाशन गर्ने बताए। सो अवसरमा नेपाली दूतावास लन्डन, स्थानीय सबै सामाजिक संघसंस्था, पत्रकार, बुद्धिजीवी लगायतको उपस्थितिमा नेपालबाट आएका कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुती दिने भएका छन्। नेपालब्रिटेन डट कमका सम्पादक चिरन शर्माले गत वर्षहरुमा जस्तै यो वर्ष पनि बेलायतमा चर्चित दश नेपालीलाई सम्मान गरिने जानकारी दिए।

उनले बेलायतस्थित नेपाली समुदायको सिफारिशमा चर्चित १० जनाको नाम चयन हुने बताए। यस वर्ष बेलायतमा सक्रिय एक सामाजिक संस्थालाई समेत सम्मान गर्ने तयारी गरिएको छ। कार्यक्रममा नेपालका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरुको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ।

बेलायतमा चर्चित १० व्यक्तित्व छान्नुहोस् १७ औं वार्षिकोत्सव समारोहमा सम्मान हुने व्यक्तित्वहरुको नाम सिफारिस गर्न अनलाइनले सार्वजनिक आह्वान गरेको छ। सामाजिक, शैक्षिक, खेलकुद, कला-संस्कृति, व्यवसाय, परोपकार लगायतका क्षेत्रमा सक्रिय रहेर नेपाली समुदायका लागि योगदान दिएका व्यक्तित्वहरुले आफैं वा अरू कसैले त्यस्ता व्यक्तित्वहरुको नाम सिफारिस गर्न सक्नेछन्। छोटो परिचय, सामाजिक गतिविधि र व्यक्तिगत प्रोफाइल विवरणसहित जुन २८ तारिखभित्र निम्न इमेल ठेगानामा नाम सिफारिस गर्न अनुरोध गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!