विश्व चर्चित लन्डन म्याराथनका लागि छानिए बेलायतवासी कृष्ण गुरुङ

SHARE:


लन्डन २७ जुन २०२४ । बेलायतवासी प्रोपर्टी इन्भेस्टर तथा माइन्डसेट मोटिभेटर कृष्ण गुरुङ लन्डन म्याराथन २०२५ का लागि छानिएका छन् ।

आगामी अप्रिल २७ मा हुने म्याराथनमा भाग लिन दरखास्त दिएका कृष्णले छनोट भएपछि खुसी व्यक्त गरेका छन् । उनले बिहीबार २७ जुनमा सामाजिक सञ्जाल फेसबुकमार्फत आफू लन्डन म्याराथनका लागि छानिएको र दौडमा भाग लिन उत्साहित रहेको बताएका छन् ।

५१ वर्षीय गुरुङले त्यसअघि १ सेप्टेम्बर २०२४ मा हुने लन्डन हाफ म्याराथनमा समेत भाग लिने जानकारी गराएका छन् । ‘विश्व चर्चित लन्डन म्याराथनमा दौडिन पाउने भयो । यो हेल्थ र मोटिभेसनका लागि हो । सँगै फन्डराइज गर्नका लागि पनि हो,’ उनले एभरेस्ट टाइम्ससँग भने, ‘कुन च्यारिटीबाट गर्ने भन्ने डिसाइड भा’ छैन ।’

नेपालको चितवन जिल्ला माडी नगरपालिकाका कृष्णले लन्डन म्याराथनका लागि तयारीसमेत सुरु गरिसकेका छन् । उनले नेपाल रन युकेमा आबद्ध भएर हरेक शनिबार पार्क रन गर्न थालिसकेका छन् । व्यवसायी तथा समाजसेवी गुरुङ परिवारसहित ग्रान्थाम बस्दै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!