माओवादी सांसद आलेमगरको आग्रह- ‘निर्मल पुर्जालाई कारबाही नगरियोस्’

SHARE:

काठमाडौं २७ जुन २०२४ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले यौन दुर्व्यवहारको आरोप लागेका आरोही निर्मल पुर्जालाई कारबाही नगर्न सरकारसँग आग्रह गरेका छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आरोही पुर्जामगरले विश्व रेकर्ड कायम गर्नुका साथै नेपालको नाम विश्वभर चिनाएको भन्दै सामान्य कारबाही हुनुपर्ने माग राखेका हुन् । उनले निर्मल पुर्जालाई कारबाही गर्ने कुराको आफूले घोर भर्त्सना गर्ने बताए ।

उनले पुर्जामाथि गरिने कारबाही तत्काल बन्द गर्न आग्रह गरे । उनले कुनै नियम कानुनको उल्लंघन गरेको भए सामान्य कारबाही हुनुपर्ने बताए । उनले निर्मल पुर्जा मगरलाई पर्वतारोहण गर्नबाट बन्देज लगाउने कुरा बाहिर आइरहेको भन्दै आरोहण बन्देज गर्न नहुने बताए ।

निर्मल पुर्जामगरले हिमाल आरोहण गर्ने सन्दर्भमा थुप्रै विश्व रेकर्डहरु कायम गरेका छन् । उनले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु ७ महिनामा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उनको नाम दर्ज भएको छ ।

दोस्रो हिमाल जुन केटु पाकिस्तानमा अवस्थित छ, त्यो उनी एउटा समूहमा चढेका थिए । त्यो समूह चढ्दा एक्लै उनी जानसक्थे । तर उनले सबै साथीहरुलाई पर्खिए । नेपालीहरु आरोही थिए । सबैलाई पर्खिएर सँगै केटु हिमाल आरोहण गरे । यस्तो कसैले नगरेको सांसद् आलेमगरले उल्लेख गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!