“चौंरीदेउरालीमा मातृभाषा प्रवर्द्वन”

SHARE:

संजय सिङजाली मगर – नेपाल

चौंरीदेउराली गाउँपालिकाको आयोजना , चौंरीदेउराली कला साहित्य मञ्चको सहजता र नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा “वाङमय कवि संगोष्ठी तथा माविस्तरिय कविता प्रतियोगिता चौंरीदेउराली स्कूलको हलमा सम्पन्न भयो ।

गाउँपालिकाको अध्यक्ष रेणुका चौलागाईको सभापतित्वमा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकूलपति विमल निभाको प्रमुख आतिथ्यमा लालटिन बालेर उदघाटन गरिएको थियो । कार्यक्रममा विशेष अतिथिहरू भाषा आयोगका आयुक्त माननीय मातृका पोखरेल निवर्तमान आयुक्त अमृत योन्जन तामाङ, साहित्यकार चुडा प्रसाद चौलागाई अतिथिहरू वडाध्यक्ष किशोरराज गिरी, अगिव बनेपाली, समालोचक, निबन्धकार तथा पद्मकन्या बहुमुखी कलेजका उप-प्राध्यापक कुमारी लामा, जनसाँस्कृतिक महासङ्घका महासचिव त्रिवि समाजशास्त्र उप-प्राध्यापक केशव सिलवाल,अदिवासी अभियन्ता सन्जोग लाफा मगर, कवि सोनाम सज्जन किराँती, सुमन पुडासैनी, प्रेमिला राई थिए ।

“चौंरीदेउरालीमा मातृभाषाहरुको संरक्षण,सम्वर्द्वन” विषयक कार्यपत्र भाषाशास्त्री अमृत योन्जन तामाङले प्रस्तुत गरेका थिएभने विचार विमर्शमा धन लामा ,रविन गौतम सहभागि सहजकर्ता अर्पण उत्कर्षले गरेका थिए ।

कविता निर्णायक मण्डल केशव सिलवाल, प्रेमिला राई, सुमन पुडासैनीको निर्णायनुसार माविस्तरिय कविता प्रतियोगितामा सिर्जनशील जनता माविका निशिता तामाङ प्रथम प्रभा माविका सोनी लामा दोस्रो भएका थिए । कार्यक्रममा स्थानीय कवि सोना लामा,रबिन गौतम गजल अनु खड्का अतिथि कविहरु अगिव बनेपाली, प्रेमिला राई सोनाम सज्जन किराँती र सुमन पुडासैनीले कविता वाचन गरेका थिए ।

प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू सभापतिले मन्तव्य व्यक्त गरिएको कार्यक्रम सन्चालन सहजरूपमा लोक लामाले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!