नेपालमा बाढीपहिरोबाट मंगलबारसम्म ८० को मृत्यु, ५ बेपत्ता, १ सय ६१ घर डुबानमा

SHARE:


काठमाडौँ ९ जुलाई २०२४ । नेपाल अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्बाट मंगलबारसम्म ८० जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि हालसम्म काठमाडौँ उपत्यकामा १, कोसीमा १९, मधेसमा ३, वाग्मतीमा ४, गण्डकीमा २२, लुम्बिनीमा २०, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मौसमजन्य विपद्मा परी ५ जना बेपत्ता तथा ९७ जना घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विपद्मा फसेका ५३ जनाको उद्धार गरिएको छ ।

बाढीका कारण १ सय ६१ घर डुबानमा परेका छन् । १ सय ३८ घर, ५४ गोठ, ४१ पुल, एउटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । उक्त अवधिमा विपद्का घटनाबाट २ हजार ७ सय ६४ घर परिवार विस्थापित भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!