पहिलो एनआरएनए कप र महोत्सवलाई धमाधम सहयोग जुटाउँदै एनआरएनए युके

SHARE:


लन्डन ११ जुन २०२४ । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले पहिलो एनआरएनए कप फुटबल प्रतियोगिता र एनआरएनए महोत्सवका लागि धमाधम सहयोग जुटाइरहेको छ ।

लन्डनको फेल्थाममा आउँदो ३ अगस्टका दिन हुने ती कार्यक्रमहरुका लागि बेलायतमा संस्थागत र व्यक्तिगत चन्दा संकलन गरिएको हो । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले सहयोगी दाताहरुको रकम र जानकारीबारे आफ्नो फेसबुक वालमार्फत सार्वजनिक गरिरहेका छन् । उनले सार्वजनिक गरेको विवरणमा सय पाउन्डदेखि २ हजार पाउन्डसम्म प्रायोजन तथा सहयोग जुटेका छन् ।

कार्यक्रम खर्चिलो तर उद्देश्यमूलक प्रतियोगितामा भएको हुनाले बेलायतमा रहेका संघसंस्थालाई सहयोगका लागि एनआरएनए यूकेले अनुरोधसमेत गरेको छ । अध्यक्ष गाहामगरले भने, ‘नेपाली कला, संस्कृति, भाषा, भेषभूषा र रहनसहन दोस्रो पुस्तामा हस्तान्तरण नगर्ने हो भने उनीहरूको मातृभूमिसँगको नाता तोडिने चिन्ता रहेको छ । त्यसैले सहयोग र समर्थनका लागि अनुरोध छ ।’

नेपाली कला, संस्कृति, परम्परा, भेषभूषा र खानाको प्रचार प्रसार एवं संवर्द्धनका लागि नेपाल महोत्सव आयोजना गर्ने तयारी गरिएको हो । यस्तै, बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’को उद्देश्यसहित युवा विभागले ९ ए साइड एनआरएनए कप फुटबल प्रतियोगिता गर्ने भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!