नेपालमा पहिरोबाट पोखराका ११ जनाको मृत्यु

SHARE:

काठमाडौं १२ जुलाई २०२४ । अविरल वर्षापछि नेपालको गण्डकी प्रदेशअन्तर्गत कास्कीको पोखरामा पहिरोबाट ठूलो धनजनको क्षति भएको छ ।

बिहीबार राति पोखराका तीन ठाउँमा पहिरोले घर परिँदा एकै परिवारका ६ सहित ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा उद्धार गर्ने क्रममा लडेर स्थानीय एक महिलाको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा १९ पुरुन्चौरमा एकै घरका ६ जनाको मृत्यु भएको हो भने पोखरा ३२ चैतपुर बाह्रबिसेमा ३ जना, पोखराको शिशुवामा एक जनाको गरी ११ जनाको पहिरोमा परी मृत्यु भएको हो ।

पोखरा १९ पुरुन्चौरका तल्लोकोट टारीका कुलबहादुर परियार उनका छोरी ज्वाइँ चितवन निवासी २५ वर्षका अस्मित परियारको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले बताए । उनको घर भन्दा केही माथिबाट आएको पहिरोमा परी ४६ वर्षका तुलबहादुरसहित उनकी श्रीमती ४३ वर्षकी मनकुमारी परियार, उहाँकी आमा ८५ वर्षकी लक्षिमा परियार, १५ वर्षकी छोरी प्रशना परियार, चितवन घर भई माइत आएकी छोरी २० वर्षकी प्रभा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी ५६ वर्षकी राधिका परियारकोसमेत पहिरोमा परी मृत्यु भएको सूचना अधिकारी शर्माले जनाए ।

उक्त घटनामा परी कुलबहादुरका छोरा पवन परियार र स्थानीय राधिकाका छोरा कुमार परियार घाइते भएका छन । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचार भएको थियो ।

पोखरा ३२ चैतपुर बाह्रबिसेमा ३ जनाको पहिरोमा परी मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १८ वर्षकी अनिता ओझा, ११ वर्षकी अनुस्का ओझा र ९ वर्षका प्रतीक सुवेदीको पहिरोमा परी मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । स्थानीय आरती ओझाको टिनले छाएको एक तले ढुङ्गा माटेले बनेको घरमा माथिबाट आएको पहिरोले पुरिदा उनकी छोरीहरू र दाइको छोरा सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी पोखराको शिशुवामा आज बिहान १ः बजे आएको पहिरोले घर पुरिँदा माइतीकुमारी गुरुङको मृत्यु भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!